पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

काठमाडौं । अमेरिकाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हिजोराति बेपत्ता भएका एक व्यक्ति भेटिएका छन् । पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल एकान्तकुनामा भेटिएका ज्वाइँ मधु वस्तीले जानकारी गराएको गौशाला प्रहरीले जनाएको छ । भुसाल हराएको भन्दै आफन्तले प्रहरी वृत्त गौशालामा जाहेरी समेत दिएका थिए । आइतबार बिहान भुसाल तीनकुनेमा भेटिएका थिए […]

Sep 15, 2024 - 11:28
 0
पठाओ चालकले भेट्टाइदिए अमेरिकाबाट आउँदा बेपत्ता भएका भनिएका दण्डपाणिलाई

काठमाडौं । अमेरिकाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हिजोराति बेपत्ता भएका एक व्यक्ति भेटिएका छन् ।

पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल एकान्तकुनामा भेटिएका ज्वाइँ मधु वस्तीले जानकारी गराएको गौशाला प्रहरीले जनाएको छ ।

भुसाल हराएको भन्दै आफन्तले प्रहरी वृत्त गौशालामा जाहेरी समेत दिएका थिए ।

आइतबार बिहान भुसाल तीनकुनेमा भेटिएका थिए । उनी हिँडिरहेको देखेपछि एक अफलाइन पठाओ चालकले कहाँ जाने भन्दै सोधेका थिए । भुसालले आफू छोरीको घर जानु पर्ने बताएका थिए ।

ती पठाओ चालकले सोधखोज गर्ने क्रममा भुसालले शनिबार रातिदेखि हराएको बताएका थिए । भुसालकै मोबाइलमा छोरीको नम्बर भेटिएपछि पठाओ चालकले नै सम्पर्क गरेर खबर गरेको ज्वाइँ वस्तीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register