गण्डकीमा एमालेबाट को-को बने मन्त्री ?

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । एमाले ४ र कांग्रेसले मुख्ममन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो । एमाले पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको छ । जसअनुसार श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश […]

Sep 2, 2024 - 09:09
 0
गण्डकीमा एमालेबाट को-को बने मन्त्री ?

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । एमाले ४ र कांग्रेसले मुख्ममन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।

एमाले पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी भएको छ । जसअनुसार श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाएका छन् भने कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय र मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।

कांग्रेसको कोटाबाट यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register