मनाङे अब वनमन्त्री

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङे वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् । यसअघि भौतिक पूर्वधारमन्त्री रहेका मनाङे अब वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहनेछन् । भौतिक पूर्वाधारमन्त्रीमा नेकपा (एमाले) का प्रकाशबहादुर केसी नियुक्त भएका छन् । यससँगै मनाङेको भागमा वन तथा वातावरण परेको हो । जति पटक मन्त्रिपरिषद् विस्तार हुन्छ, […]

Sep 2, 2024 - 09:09
 0
मनाङे अब वनमन्त्री

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङे वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।

यसअघि भौतिक पूर्वधारमन्त्री रहेका मनाङे अब वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहनेछन् ।

भौतिक पूर्वाधारमन्त्रीमा नेकपा (एमाले) का प्रकाशबहादुर केसी नियुक्त भएका छन् । यससँगै मनाङेको भागमा वन तथा वातावरण परेको हो ।

जति पटक मन्त्रिपरिषद् विस्तार हुन्छ, त्यतिपटक मनाडे मन्त्री बन्दै आएका छन् । ७ मन्त्रालय रहेको गण्डकी प्रदेशमा मनाङेले आधाभन्दा धेरै मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

स्वतन्त्र रूपमा दोस्रोपटक निर्वाचित मनाङे जता सरकार बन्छ, उतै लाग्ने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register