वनमन्त्री बनाएपछि रिसाए मनाङे, भन्छन् – लिन्न यस्तो मन्त्रालय

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङे रिसाएका छन् । सोमबार नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबन्डामा सहमति हुँदा मनाङेको मन्त्रालय फेरिएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए । सोमबार दिउँसो नवनियुक्त चार मन्त्रीको शपथग्रहण […]

Sep 2, 2024 - 10:25
 0
वनमन्त्री बनाएपछि रिसाए मनाङे, भन्छन् – लिन्न यस्तो मन्त्रालय

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ऊर्फ दीपक मनाङे रिसाएका छन् ।

सोमबार नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबन्डामा सहमति हुँदा मनाङेको मन्त्रालय फेरिएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

सोमबार दिउँसो नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका हुन् । समारोहबाट उनी कसैसँग नबोली निस्किएका थिए ।

उनले त्यसक्रममा ‘लिन्न यस्तो मन्त्रालय, जुनियरले लिने मन्त्रालय हो’ भनेका थिए । उनी पदभार ग्रहण गर्न गएका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register