नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ को विन्दुमा पुगेको छ । आज ३३५ कम्पनीको १ लाख ६० हजार ५ सय ९७ पटकको कारोबारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Sep 2, 2024 - 10:33
 0
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेर २८२३ दशमलव २५ को विन्दुमा पुगेको छ ।

आज ३३५ कम्पनीको १ लाख ६० हजार ५ सय ९७ पटकको कारोबारमा ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २ रुपैयाँ रहेको छ ।

२३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ । सोमबार सबै उपसमूहमा हरियाली छाउँदा निर्माण कम्पनी, जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक बढेका छन् । एनएलजी इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता १०५ रुपैयाँका दरले कमाउँदा सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register