बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट किन बाहिरिए अफ्रिदी ?

काठमाडौं । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । टोली व्यवस्थापनले उनी परिवारसँग समय बिताउन चाहेको बताएको छ । शाहिनको स्थानमा स्पिन बलर अबरार अहमद र फास्ट बलर मिर हम्जालाई टोलीको सम्भावित १२ खेलाडीमा समावेश गरिएको छ । केही समय यता पाकिस्तानका लागि सबैभन्दा सफल फास्ट बलर बनेका शाहीनले टोलीमा नपरेकोमा […]

Aug 31, 2024 - 06:36
 0
बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट किन बाहिरिए अफ्रिदी ?

काठमाडौं । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् ।

टोली व्यवस्थापनले उनी परिवारसँग समय बिताउन चाहेको बताएको छ । शाहिनको स्थानमा स्पिन बलर अबरार अहमद र फास्ट बलर मिर हम्जालाई टोलीको सम्भावित १२ खेलाडीमा समावेश गरिएको छ ।

केही समय यता पाकिस्तानका लागि सबैभन्दा सफल फास्ट बलर बनेका शाहीनले टोलीमा नपरेकोमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

गत वर्ष पनि शाहिन शाह चोटपछि फर्किएपछि उनको गतिमा कमी आएको थियो । बंगलादेशविरुद्धको पहिलो टेस्टमा उनको प्रदर्शन पनि निराशाजनक रह्यो ।

यसबारे पाकिस्तानी प्रशिक्षक जेसन गिलेस्पीले भने, ‘हामीले उनीसँग राम्रो छलफल गरेका छौं र यो निर्णय पछाडिको सोचलाई पूर्ण रूपमा बुझेका छौं। उनले आफूलाई सुधार गर्न काम गरिरहेका छन् । हामी उनलाई उत्कृष्ट फर्ममा हेर्न चाहन्छौं।’

पहिलो टेस्टमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register