क्युवाली कार्यवाहक राजदूत र पाण्डेबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युवाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युवालाई आतङ्ककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए । राजदूत अवेलीले क्युवाका जनता असाध्यै कष्ट र सङ्घर्षमा […]

Sep 2, 2024 - 12:29
 0
क्युवाली कार्यवाहक राजदूत र पाण्डेबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युवाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युवालाई आतङ्ककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराए ।

राजदूत अवेलीले क्युवाका जनता असाध्यै कष्ट र सङ्घर्षमा बाँचिरहेको बताए । उनले अवेलीले क्युवाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्युवाको पक्षमा बोल्न अनुरोध गरे । साथै उनले अमेरिकाले घोषणा गरेको आतङ्कारी मुलुकको सूचीबाट हटाउनका निम्ति ऐक्यबद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गरेका छन् ।

पार्टीका कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको बताए । अध्यक्ष पाण्डेले आफूहरू क्युवाली जनताको स्वतन्त्रा, सार्वभौमिकता पक्षामा रहेको स्पष्ट पारे । साथै कार्यवाहक अध्यक्ष पाण्डेले अमेरिकाले क्युवालाई आतङ्कारी देशको सूचीमा राख्नु बेठीक कुरा भएको बताए ।

साथै पाण्डेले अमेरिकी सरकारसँग क्युवालाई आतङ्कारी देशको सूचीमा नराख्न अपिल गरेका छन् । उनले भने, “हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ । त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न, थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ । हामी क्युवाको क्रान्तिकारी इतिहासप्रति गर्व गर्छौँ । शक्तिशाली देश अमेरिको नजिकै रहेको समाजवादी देश क्युवाले साम्राज्यवादीविरुद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्व गर्छौँ ।”

राजदूत अवेलीले क्युवाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युवाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुक्ने निरन्तर भिडिरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register