एन्फा महिला लिग : बागमतीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा बागमती युथ क्लबले सुदूरपश्चिम प्रदेशले फुटबल संघलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५-१ को गोलअन्तरले पराजित गरेको हो । बागमतीका लागि असिमता खवास, सहारा लिम्बु र आरती भुजेलले गोल गरे । खवासले ह्याट्रिक गरिन् । खेलको १७औं मिनेटमा असिमताले बागमतीलाई अग्रता […]

Sep 2, 2024 - 12:29
 0
एन्फा महिला लिग : बागमतीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा बागमती युथ क्लबले सुदूरपश्चिम प्रदेशले फुटबल संघलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५-१ को गोलअन्तरले पराजित गरेको हो ।

बागमतीका लागि असिमता खवास, सहारा लिम्बु र आरती भुजेलले गोल गरे । खवासले ह्याट्रिक गरिन् ।

खेलको १७औं मिनेटमा असिमताले बागमतीलाई अग्रता दिलाइन् । खेलको २६औं मिनेटमा सहाराले बागमतीका लागि दोस्रो गोल गरिन् । ३७औं मिनेटमा आरतीले बागमतीका लागि तेस्रो गोल गरिन् ।

यस्तै, दोस्रो हाफको ८० र ८२ औं मिनेटमा गोल गर्दै खवासले ह्याट्रिक पूरा गरिन् । ९०औं मिनेटमा तुल्चा बोहोराले सुदूरपश्चिमका लागि एक गोल फर्काइन् ।

मंगलबार हुने अर्को खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन् । मंगलबार नै एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको खेल भने दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register