मनाङेको राजीनामा स्वीकृत

पोखरा । गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ । मनाङे यसअघि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री थिए । तर, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालय दिएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए । […]

Sep 2, 2024 - 15:01
 0
मनाङेको राजीनामा स्वीकृत

पोखरा । गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ । मनाङे यसअघि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री थिए । तर, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालय दिएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले आइतबार मात्रै २ वटा मन्त्रालय फुटाएर प्रदेशमा मन्त्रालयको सङ्ख्या ९ पुर्‍याएका थिए । यसपछि सोमबार नेकपा (एमाले) सरकारमा सहभागी भएको छ । यही क्रममा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय एमालेले लियो भने मनाङेको भागमा वन तथा वातावरण पर्‍यो । तर, नियुक्त भएलगत्तै उनले राजीनामा दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register