पूजाको प्रसाद खाएपछि ५० जना बिरामी, केहीको अवस्था गम्भीर

काठमाडौं । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर नौ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् । स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेका हुन् । मंगलबारको पुजा थियो । स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेका हुन् । बिरामीहरूलाई स्थानीय […]

Sep 12, 2024 - 05:59
 0
पूजाको प्रसाद खाएपछि ५० जना बिरामी, केहीको अवस्था गम्भीर

काठमाडौं । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा नम्बर नौ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् ।

स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेका हुन् ।

मंगलबारको पुजा थियो । स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेका हुन् । बिरामीहरूलाई स्थानीय अस्पताल लगिएको थियो ।

धेरै बुधबार नै डिस्चार्ज भएका पूर्व वडाध्यक्ष पुण्य प्रसाईँले बताए । चारपाँच जना विएण्डसी र केही शनिश्चरे अस्पतालमा अझै उपचाररत रहेको बताए ।

बिरामी परेकाहरूमा झाडापखाला, बान्ता, पेट फुल्ने र जरो आउने लक्षण देखा परेको थियो । फुडपोइजनका कारण उनीहरू बिरामी परेको हुनसक्ने स्थानीयको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register