नयाँ प्रधानमन्त्री खोज्दै फ्रान्सका राष्ट्रपति म्याक्रो, पूर्व राष्ट्रपति र राजनीतिज्ञहरुसँग परामर्श

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले व्यवस्थापिका–संसद्को निर्वाचनपछि नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिएका छन् । झण्डै दुई महिनादेखि जारी गतिरोध सल्टिएसँगै उनी प्रधानमन्त्रीको खोजीमा लागेका हुन् । गत जुलाई ७ मा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा म्याक्रोका मध्यमार्गी र अति दक्षिणपन्थी समूहसहितको त्रिशङ्कु संसद्मा वाम गठबन्धनले सबैभन्दा ठूलो सङ्ख्यामा आफ्ना उम्मेदवारलाई […]

Sep 3, 2024 - 01:45
 0
नयाँ प्रधानमन्त्री खोज्दै फ्रान्सका राष्ट्रपति म्याक्रो, पूर्व राष्ट्रपति र राजनीतिज्ञहरुसँग परामर्श

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले व्यवस्थापिका–संसद्को निर्वाचनपछि नयाँ प्रधानमन्त्री खोज्ने प्रयासलाई तीव्रता दिएका छन् । झण्डै दुई महिनादेखि जारी गतिरोध सल्टिएसँगै उनी प्रधानमन्त्रीको खोजीमा लागेका हुन् ।

गत जुलाई ७ मा भएको चुनावपछि फ्रान्समा स्थायी सरकार छैन । फ्रान्समा म्याक्रोका मध्यमार्गी र अति दक्षिणपन्थी समूहसहितको त्रिशङ्कु संसद्मा वाम गठबन्धनले सबैभन्दा ठूलो सङ्ख्यामा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्री बर्नार्ड काझेनेभ र दक्षिणपन्थी पूर्वमन्त्री जेभियर बट्रान्डले म्याक्रोसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

फ्रान्सेली राष्ट्रपतिले राष्ट्रिय महत्त्वका क्षणहरूमा पूर्ववर्तीहरूसँग परामर्श गर्ने परम्परा छ । म्याक्रोले सोमबार एलिसीमा दुई जीवित पूर्व राष्ट्रपतिहरू निकोलस सारकोजी र समाजवादी फ्रान्कोइस ओलान्दसँग भेट गरेका थिए ।

म्याक्रोले बामपन्थी प्रधानमन्त्रीको मनोनयन स्वीकार गर्न नसकिने बताएपछि बामपन्थी गठबन्धन चिढिएको छ । आगामी करिब तीन वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न बाँकी रहेका म्याक्रोले विपक्षीहरूको बढ्दो असन्तुष्टिका बीच ओलम्पिक र पारालिम्पिक खेलहरूको आयोजना गर्दै राजनीतिक सङ्कटलाई सामान्यीकरण गर्दै आएका छन् ।

एएफपीका एक पत्रकारका अनुसार फ्रान्स बिदाबाट काममा फर्कंदै गर्दा गति बढ्ने सङ्केतका बीच म्याक्रोले सोमबार बिहानै ओलान्दको सन् २०१२/०१७ को राष्ट्रपति कार्यकालको अन्तिम महिनाहरूमा सरकारको नेतृत्व गरेका राजनीतिक गतिरोधका बीच पूर्व समाजवादी नेता काजेन्युभसँग छलफल गरेका थिए  ।

विश्लेषकहरूले म्याक्रोले नामकरण गर्ने सम्भावित व्यक्तिका रूपमा काजेन्युभलाई लिएका थिए तर उनको नियुक्ति पूर्ववत निष्कर्षबाट टाढा देखएको छ।

सन् २०१५ को पेरिस आक्रमणलगायत गृहमन्त्रीका रूपमा वर्षौं बिताएका ६१ वर्षीय काजेन्युभलाई राजनीतिक वृत्तबाट सम्मान प्राप्त भएको छ । कट्टर वामपन्थी फ्रान्स अनबोड ९एलएफआई० ले उनलाई प्रधानमन्त्री बनाइएमा पदबाट आफूहरूको समर्थन नरहने बताएका छन् ।

सम्भावित अनिश्चितताको सङ्केतस्वरूप म्याक्रोले दिउँसो उत्तरी हाउट्स–डी–फ्रान्स क्षेत्रका दक्षिणपन्थी प्रमुख तथा पूर्वमन्त्री जेभियर बट्रान्डसँग पनि वार्ता गरेका छन् । ५९ वर्षीय बट्रान्ड प्रधानमन्त्रीका लागि दक्षिणपन्थीका लागि निकै चाखलाग्दा पात्र हुन् ।

नयाँ सरकारले सन् २०२५ का लागि बजेट कानूनको मस्यौदा पेश गर्न अक्टोबर १ को समयसीमा तोकिएको छ, जुन जुलाईदेखि लागू भएको ग्याब्रियल अट्टलको नेतृत्वमा कामचलाउ प्रशासनले निरीक्षण गर्न सक्दैन । वार्षिक उत्पादनको ११० प्रतिशतसम्म ऋण थुप्रिएको फ्रान्सले यस वर्ष ‘स्ट्यान्डर्ड एन्ड पुअर्स’बाट क्रेडिट रेटिङ कटौतीको सामना गरेको छ र युरोपेली आयोगले यसलाई अत्यधिक घाटाको लागि जिम्मेवार मानेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register