पुँजीकोषको दबाब घटेपछि बैंकहरुको ऋण दिने क्षमता बढ्यो

काठमाडौँ । पुँजीकोषमा परेको दबाब कम हुँदै गएपछि बैंकहरुको ऋण दिने क्षमता बढ्दै गएको छ । गत आर्थिक वर्षको ६ महिनासम्म आधा दर्जन बैंकको पुँजीकोष दबाबमा परेको भए पनि हाल बैंकहरुको पुँजीकोषमा परेको दबाब घटेसँगै बैंकहरुको ऋण दिने क्षमता पनि निरन्तर बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल दुई बैंक […]

Sep 3, 2024 - 04:37
 0
पुँजीकोषको दबाब घटेपछि बैंकहरुको ऋण दिने क्षमता बढ्यो

काठमाडौँ । पुँजीकोषमा परेको दबाब कम हुँदै गएपछि बैंकहरुको ऋण दिने क्षमता बढ्दै गएको छ । गत आर्थिक वर्षको ६ महिनासम्म आधा दर्जन बैंकको पुँजीकोष दबाबमा परेको भए पनि हाल बैंकहरुको पुँजीकोषमा परेको दबाब घटेसँगै बैंकहरुको ऋण दिने क्षमता पनि निरन्तर बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल दुई बैंक (कुमारी बैंक लिमिटेड र एनआईसी एशिया बैंक)को पुँजीकोषमा मात्रै दबाबमा देखिएको छ ।

हाल जोखिम सम्पत्तिको तुलनामा कुमारी बैंकको प्राथमिक पुँजी अनुपात ८.५६ प्रतिशत र एनआईसी एशिया बैंकको प्राथमिक पुँजी अनुपात ८.४४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको नियमानुसार वाणिज्य बैंकहरुको प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ ।

प्राथमिक पुँजी जति कम हुन्छ, बैंकहरुको ऋण दिने क्षमता पनि त्यत्ति नै कमजोर हुँदै जान्छ । तर, गत आर्थिक वर्षको तुलनामा हाल दुई वाणिज्य बैंक बाहेक अन्यको प्राथमिक पुँजी अनुपात ९ प्रतिशत भन्दा माथि रहेकाले बैंकहरुको कर्जा प्रवाह गर्ने क्षमता बढेको बैंकहरुले बताएका छन् ।

बैंकहरुका अनुसार यसअघि बैंकहरुको नाफा कम हुँदा र खराब कर्जा बढ्दा नोक्सान व्यवस्था बढ्न पुग्दा बैंकहरुको पुँजीकोष दबाबमा परेको थियो । यही कारण बैंकिङ प्रणालीमा प्रयाप्त तरलता हुँदा पनि बैंकहरुले अपेक्षित रुपमा कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । यद्यपि राष्ट्र बैंकले यस्तो पुँजी कोष अनुपातमा यसपटक अतिरिक्त कोष राख्न नपर्ने व्यवस्था गरेकाले समेत पुँजीकोषमा परेको दबाब घटेको र बैंकहरूको थप कर्जा प्रवाह क्षमता बढेको बैंकरहरुले बताएका छन् ।

यसो त एक आर्थिक वर्षमा कुनै पनि त्रैमासमा बैंकहरुको प्राथमिक पुँजी तोकिएको भन्दा कम भए राष्ट्र बैंकले ती बैंकलाई लाभांश वितरणमा रोक लगाउँछ । जसअनुसार यस वर्ष कुमारी बैंक, एनआईसी एशिया बैंक र प्रभु बैंकले लाभांश वितरण गर्न पाउनेछैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register