अञ्जिलाले युरोपमा व्यवसायिक फुटबल खेल्ने

ग्रिसको महिला सुपर लिगमा अञ्जिलाले क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्।

Sep 3, 2024 - 04:49
 0
अञ्जिलाले युरोपमा व्यवसायिक फुटबल खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन्।

ग्रिसको महिला सुपर लिगमा अञ्जिलाले क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्। उनले एट्रोमिटोउसँग एक वर्षको सम्झौता गरेकी छन्।

यसअघि उनले भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन्। युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बनेकी छन्।

राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ पछि युरोपियन लिग खेल्ने अञ्जिला दोस्रो खेलाडी भएकी छिन्।

महिला सुपर लिग सेप्टेम्बर २९ बाट सिजन सुरु हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register