नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन रोकिएन, डेपुटी सीईओको जागिर पनि नविकरण भएन

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आन्दोलनले अझै उग्र रुप लिइरहेको पाइएको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरपछि विभेदपूर्ण व्यवहार भएको भन्दै मिर्मिरेका कर्मचारीले सुरु गरेको आन्दोलन टुँगोमा नपुगेपछि कर्मचारी आन्दोलन थप उग्र बन्दै गएको पाइएको हो । २०८० फागुनमा १ः१ स्वाप रेसियोमा मर्जर भए पनि संस्थाका सीईओ र व्यवस्थापनको हेपाहा […]

Sep 3, 2024 - 05:09
 0
नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन रोकिएन, डेपुटी सीईओको जागिर पनि नविकरण भएन

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आन्दोलनले अझै उग्र रुप लिइरहेको पाइएको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरपछि विभेदपूर्ण व्यवहार भएको भन्दै मिर्मिरेका कर्मचारीले सुरु गरेको आन्दोलन टुँगोमा नपुगेपछि कर्मचारी आन्दोलन थप उग्र बन्दै गएको पाइएको हो ।

२०८० फागुनमा १ः१ स्वाप रेसियोमा मर्जर भए पनि संस्थाका सीईओ र व्यवस्थापनको हेपाहा प्रवृत्तिले मिर्मिरेको अस्तित्व नै धरापमा परेको, कर्मचारीको अनावश्यक सरुवा र जिम्मेवारी परिवर्तन गरेर मानसिक तनाव दिएको तथा कर्मचारीलाई काममा प्रोत्साहन गर्नुको साटो उल्टै मनोबल गिराउने काम गरेको भन्दै कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् ।

तर, कर्मचारीको आन्दोलन वार्तामार्फत समाधान गर्नुको साटो व्यवस्थापनले पेलेरै जान खोजेपछि आन्दोलन थप चर्किने स्थितिमा पुगेको संस्थाका कर्मचारीहरुले बताएका छन् ।

अर्कोतर्फ कर्मचारीको आन्दोलन सेलाउन नपाउँदै पोष्ट मर्जर लफडा व्यवस्थापन टिममै पनि देखिन थालेको छ । स्रोतले दिएको जानकारी अनुसार संस्थाका डेपुटी सीईओ मिन बहादुर बोहोराको जागिरसमेत नविकरण गरिएको छैन । बोहोरा साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट आएका हुन् ।

यता बोहोराले भने आफू जागिरबाट बाहिरिएको र अब गाउँमा गएर समाज सेवा गर्ने प्रतिक्रिया दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register