एन्फा महिला लिग : चन्द्रपुर र कर्णालीको बराबरी

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा चन्द्रपुर र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । कर्णालीका लागि सुनकला राईले गोल गरिन् भने चन्द्रपुरका लागि रजनी ठोकरले गोल गरिन् । खेलको छैँटौं मिनेटमा राईले कर्णालीका लागि गोल गरिन् । […]

Sep 3, 2024 - 10:01
 0
एन्फा महिला लिग : चन्द्रपुर र कर्णालीको बराबरी

काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा चन्द्रपुर र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

कर्णालीका लागि सुनकला राईले गोल गरिन् भने चन्द्रपुरका लागि रजनी ठोकरले गोल गरिन् । खेलको छैँटौं मिनेटमा राईले कर्णालीका लागि गोल गरिन् ।

पहिलो हाफको इन्ज्यूरी समयमा रजनी ठोकरले गोल फर्काइन् ।

अर्को खेलमा एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब दिउँसो सवा ४ बजे आमनेसामने हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register