जापान पठाउने भन्दै चार लाख बढी ठग्ने एक जना पक्राउ

काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२ बस्ने ४२ वर्षीय राम कुमार जिमी रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  २५ सुन्धाराबाट पक्राउ गरेको हो । जिमीले तीन जनालाई वैदेशिक रोजगारीका […]

Sep 15, 2024 - 07:12
 0
जापान पठाउने भन्दै चार लाख बढी ठग्ने एक जना पक्राउ

काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२ बस्ने ४२ वर्षीय राम कुमार जिमी रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  २५ सुन्धाराबाट पक्राउ गरेको हो ।

जिमीले तीन जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register