‘अध्यक्ष नहुँदा धितोपत्र बोर्डको काम प्रभावित भयो, नयाँ अध्यक्षको नियुक्ति छिटो हुनुपर्छ’- पूर्वअर्थमन्त्री पुन 

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको काम प्रभावित भएको बताएका छन् । अर्थ समितिको बैठकमा ‘लेखा समितिले के का आधारमा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने निर्णय गर्यो ?’ भन्ने विषयमा भएको छलफलमा पुनले बोर्ड अध्यक्ष नहुँदा धेरै काम प्रभावित भएको बताएका हुन् ।  उनले बोर्डमा अध्यक्ष […]

Sep 15, 2024 - 11:24
 0
‘अध्यक्ष नहुँदा धितोपत्र बोर्डको काम प्रभावित भयो, नयाँ अध्यक्षको नियुक्ति छिटो हुनुपर्छ’- पूर्वअर्थमन्त्री पुन 

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको काम प्रभावित भएको बताएका छन् । अर्थ समितिको बैठकमा ‘लेखा समितिले के का आधारमा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने निर्णय गर्यो ?’ भन्ने विषयमा भएको छलफलमा पुनले बोर्ड अध्यक्ष नहुँदा धेरै काम प्रभावित भएको बताएका हुन् । 

उनले बोर्डमा अध्यक्ष नहुँदा बोर्डले गर्नुपर्ने काम ‘फूल फेज’मा नभएको र यसले समग्र सेयर बजारमा नकारात्मक असर परेको भन्दै अध्यक्ष नियुक्ति छिटो गर्न पनि माग गरेका छन् । 

त्यस्तै, संसदीय समितिले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने वा नगर्ने विषयमा प्रवेश गर्न नहुने पुनको भनाई छ । उनले संसदीय समितिको काम नीतिगत विषयमाथि छलफल गर्ने र नीतिगत निर्णय गर्ने भएको भन्दै क्षेत्राधिकार भन्दा बाहिर गएर आईपीओ जारी गर्न दिने वा नदिने भन्ने निर्देशन गर्न नहुने बताएका छन् । 

‘धितोपत्र बोर्डलाई कानुनभित्र रहेर काम गर्न निर्देशन दिनुपर्छ । कुनै कम्पनीको आईपीओ जारी गर्ने वा रोक्ने विषयमा संसदीय समिति प्रवेश गर्न मिल्दैन ।’, पुनले भने, ‘बरु सेयर बजारमा हुन्छ भनिएका चलखेल नहुने गरी नियामक निकायलाई बलियो बनाउनतर्फ केन्द्रित हुनुपर्छ ।’   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register