सानिमा क्यापिटलका ३ म्युचुअल फन्डको बुक क्लोजको मिति तय

काठमाडौँ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको २०८०-८१ का लागि घोषित प्रतिफल वितरण गर्न यही भदौ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । भदौ २५ […]

Sep 3, 2024 - 11:33
 0
सानिमा क्यापिटलका ३ म्युचुअल फन्डको बुक क्लोजको मिति तय

काठमाडौँ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको २०८०-८१ का लागि घोषित प्रतिफल वितरण गर्न यही भदौ २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

भदौ २५ गतेसम्म कायम इकाइधनीले यी योजनाको घोषित प्रतिफल पाउनेछन् । सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको प्रतिफल घोषणा गरेको थियो।

जसअनुसार इकाइधनीहरुलाई करसहित इक्विटी फन्डमा १५ प्रतिशत, लार्ज क्याप फन्डमा १० प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ। यस्तो छ सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register