पलेशालाई नगर परिक्रमासहित भव्य स्वागत गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पाराओलिम्पिकमा कास्यपदक जितेकी पलेशा गोवर्धनसहित पारातेक्वान्दो टोलीलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने भएको छ । पलेशालगायत नेपाली पारा टोली भदौ १९ गते अर्थात् बुधबार नेपाल फर्कदैँ छ । पारातेक्वान्दो टोली बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र ८ः३० बजेमा र्‍याली सुरु गर्ने राखेपले […]

Sep 3, 2024 - 12:49
 0
पलेशालाई नगर परिक्रमासहित भव्य स्वागत गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पाराओलिम्पिकमा कास्यपदक जितेकी पलेशा गोवर्धनसहित पारातेक्वान्दो टोलीलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने भएको छ ।

पलेशालगायत नेपाली पारा टोली भदौ १९ गते अर्थात् बुधबार नेपाल फर्कदैँ छ ।

पारातेक्वान्दो टोली बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र ८ः३० बजेमा र्‍याली सुरु गर्ने राखेपले जनाएको छ । र्‍याली एयरपोर्टबाट सुरु भएर गौशााला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर समापन हुनेछ ।

पारातेक्वान्दो टोलीको स्वागत कार्यक्रम राखेप प्राङ्गणमा साढे ९ बजे सुरु हुने राखेपले जनाएको छ ।

निरन्तरको मेहनत, लगन र उच्च मनोवलका साथ प्रर्दशन गरि प्राप्त भएको सफलतामा पलेशा प्रति नेपाली खेलकुद क्षेत्र हर्षविभोर भएको छ भने अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको सान शिखरमा पुगेको राखेपले जनाएको छ ।

राखेपले सफलताका लागि स्वयम खेलाडी, उनका प्रशिक्षक कविरावज नेगी लामा, अभिभावक, नेपाल सरकार, खेलकर्मी, सन्चारमाध्यम तथा आम नेपाली नागरिकको आर्शिवाद र शुभेच्छा रहेको बताएको छ ।

पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी हुन् ।

सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भए पनि पदकविहिन थियो ।

एसियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलता थिए । अब पेरिस पारालिम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले इतिहास बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register