सिरियाको हिरासतबाट भागेका आइएसआइएस नेतालाई अमेरिकाले गर्‍यो पक्राउ

अमेरिका । सिरियाको हिरासत केन्द्रबाट भागेर आतंकवादी समुहका सदस्यलाई सहयोग गर्ने आइएसआइएस नेतालाई अमेरिकाले पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ । सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) सँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्काह हिरासत केन्द्रबाट भागेर आइएसआइएस लडाकुलाई सघाइरहेका नेता खालिद अहमद अल–डान्डालाई पक्राउ गरेको एक आधिकारिक विज्ञप्तीमार्फत जानाकारी गराइएको हो । “ […]

Sep 3, 2024 - 13:41
 0
सिरियाको हिरासतबाट भागेका आइएसआइएस नेतालाई अमेरिकाले गर्‍यो पक्राउ

अमेरिका । सिरियाको हिरासत केन्द्रबाट भागेर आतंकवादी समुहका सदस्यलाई सहयोग गर्ने आइएसआइएस नेतालाई अमेरिकाले पक्राउ गरेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।

सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) सँग काम गर्ने अमेरिकी सेनाले सिरियाको रक्काह हिरासत केन्द्रबाट भागेर आइएसआइएस लडाकुलाई सघाइरहेका नेता खालिद अहमद अल–डान्डालाई पक्राउ गरेको एक आधिकारिक विज्ञप्तीमार्फत जानाकारी गराइएको हो ।

“ सिरियाको २० भन्दा बढी एसडिएफ हिरासत केन्द्रमा ९ हजारभन्दा बढी आइएसआइएस बन्दीहरू हिरासतमा राखिएको छ”, अमेरिकी सेन्टकमका कमान्डर जनरल माइकल एरिक कुरिलाले भने ।

यदि यी आइएसआइएस लडाकुहरू ठूलो संख्यामा भागे भने यसले क्षेत्र र बाहिरका लागि चरम खतरा निम्त्याउने जनरल कुरिल्लाले बताएका छन् । “हामी यी आइएस लडाकुलाई अन्तिम निर्णयका लागि उनीहरूको देशमा फिर्ता पठाउनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेका छौ”, उनले भने ।

यसअघि अगस्ट २९ मा पाँच आइएसआइएस विदेशी लडाकु कैदीहरू (दुई रुसी, दुई अफगान र एक लिबियन) रक्काह कारागारबाट भागेका थिए।

एसडीएफले दुई भागेका इमाम अब्दुलवाहिद अखवान (रूसी) र मुहम्मद नोह मुहम्मदलाई पुनःहिरासतमा लिएको थियो । तीन भागेका तिमोर तालब्रकेन अब्दास (रूसी) र शुआब मुहम्मद अल–अब्दली र अटल खालिद जार (दुवै अफगान) अझै फरार रहेको अमेरिकी सेन्टकमले जनाएको छ। एएनआई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register