शीतल निवासमा प्रथम महिलाको तीज दर कार्यक्रम, पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा तीज दर कार्यक्रम आयोजना गरिएको छ । प्रथम महिला सविता पौडेलले मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा दर पनि खुवाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको बताए । संविधान र कानुनले महिलाहरूलाई […]

Sep 3, 2024 - 13:41
 0
शीतल निवासमा प्रथम महिलाको तीज दर कार्यक्रम, पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा तीज दर कार्यक्रम आयोजना गरिएको छ ।

प्रथम महिला सविता पौडेलले मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा दर पनि खुवाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको बताए ।

संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको पौडेल बताउँछन् ।

उनले भने, ‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । ’

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरु, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register