पारा तेक्वान्डो खेलाडी पलेशा गोवर्धनको भव्य स्वागत (तस्वीरहरु)

काठमाडौ। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक प्राप्त गर्न सफल पारा तेक्वान्डो खेलाडी पलेशा गोवर्धन आज नेपाल फर्किएकी छिन्। यसअघि सन् २०२४ मा उनी एसिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्। पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन्। […]

Sep 4, 2024 - 05:01
 0
पारा तेक्वान्डो खेलाडी पलेशा गोवर्धनको भव्य स्वागत (तस्वीरहरु)

काठमाडौ। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक प्राप्त गर्न सफल पारा तेक्वान्डो खेलाडी पलेशा गोवर्धन आज नेपाल फर्किएकी छिन्।

यसअघि सन् २०२४ मा उनी एसिया छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिक्समा छनोट भएकी थिइन्।

पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन्।

पलेशालाई आज स्वागत स्वरूप एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर चोक हुँदै  नगर परिक्रमा सहित राष्ट्रिय खेलकुद परिषद्‌को प्राङ्गणमा स्वागत कार्यक्रम आयोजना गरिएको छ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register