आईपीओ बाँडफाँडमा सन नेपाल लाइफका सीईओको बदमासी, सीईओविरुद्धको उजुरी बोर्डले सीआईबी पठायो 

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्समा आईपीओ बाँडफाँडमा सीईओले बदमासी गरेको पाइएको छ । कम्पनीका सीईओ राजकुमार अर्यालले कर्मचारीका लागि भनेर छुट्याइएको आईपीओमा बदमासी गरेको पाइएको हो ।  २०८० जेठ २५ गते कम्पनीको सञ्चालक समितिको बैठकले कुल आईपीओको ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याउने निर्णय गरेको थियो ।  अर्थात, कम्पनीले जारी गरेको कुल ९६ लाख […]

Sep 4, 2024 - 04:45
 0
आईपीओ बाँडफाँडमा सन नेपाल लाइफका सीईओको बदमासी, सीईओविरुद्धको उजुरी बोर्डले सीआईबी पठायो 

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्समा आईपीओ बाँडफाँडमा सीईओले बदमासी गरेको पाइएको छ । कम्पनीका सीईओ राजकुमार अर्यालले कर्मचारीका लागि भनेर छुट्याइएको आईपीओमा बदमासी गरेको पाइएको हो । 

२०८० जेठ २५ गते कम्पनीको सञ्चालक समितिको बैठकले कुल आईपीओको ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याउने निर्णय गरेको थियो । 

अर्थात, कम्पनीले जारी गरेको कुल ९६ लाख कित्ता आईपीओमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको थियो । तर, कर्मचारीका लागि छुट्याइएको ८० प्रतिशत सेयर संस्थाका सीईओ अर्याल आफैँले राखेको र तल्लो तहका कर्मचारीका लागि २० प्रतिशत मात्रै सेयर दिएको पाइएको छ । 

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा कुल आईपीओको ५ प्रतिशतसम्म कर्मचारीका लागि छुट्याउनुपर्ने भनिए पनि कर्मचारीभित्र कसरी सेयर बाँडफाँड गर्ने मापदण्ड नहुँदा सीईओ अर्यालले पदको दुरुपयोग गर्दै कर्मचारीका लागि छुट्याइएको सेयरमा रजाइँ गरेको कर्मचारीहरुको आरोप छ । यतिसम्मकि आईपीओ बाँडफाँडमा सीईओले विभेदपूर्ण व्यवहार गरेको भन्दै संस्थाका केही कर्मचारीले सीईओ अर्यालविरुद्ध धितोपत्र बोर्डमा उजुरीसमेत दिएका थिए । 

यसो त उक्त उजुरीउपर छानबिन गरेको बोर्डले कर्मचारीका लागि छुट्याइएको आईपीओ बाँडफाँडमा कैफियत देखाएको थियो । कर्मचारीका लागि छुट्याइएको ८० प्रतिशत सेयर सीईओ आफैँले राखेको निष्कर्ष निकाल्दै बोर्डले उक्त कार्यमा संस्थाका सीईओ र सञ्चालक समिति दोषी भएको निष्कर्ष निकालेको थियो । तर, कारबाही गर्नेबारे बोर्डमा छलफल चलिरहँदा नेतृत्वविहीन भएको बोर्डले कानून संशोधन गरेर अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएपछि सन नेपाल लाइफको फाइल सीआईबीको जिम्मा लगाएको छ । 

यता सीआईबीले भने सन नेपाल लाइफको आईपीओ बाँडफाँड प्रकरणमा प्रारम्भिक अनुसन्धान भइरहेको जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register