कसले होस्ट गर्ला बिग बोस १८ ?

काठमाडौं । बिग बोस ओटीटी ३ सकिएको छ । यो सिजन सना मकबुलले जितिन् । त्यस बेलादेखि, प्रशंसकहरू टिभीमा यसको पुनरागमनको लागि पर्खिरहेका छन् । लामो समयदेखि यो विवादित टिभी कार्यक्रमलाई लिएर सलमान खानले यो सिजन होस्ट नगर्ने हल्ला चलिरहेको थियो । यसपछि फ्यानहरूमा केही निराशा पक्कै थिए । तर, ई टाइम्सको रिपोर्टका अनुसार सलमान […]

Sep 4, 2024 - 08:05
 0
कसले होस्ट गर्ला बिग बोस १८ ?

काठमाडौं । बिग बोस ओटीटी ३ सकिएको छ । यो सिजन सना मकबुलले जितिन् । त्यस बेलादेखि, प्रशंसकहरू टिभीमा यसको पुनरागमनको लागि पर्खिरहेका छन् ।

लामो समयदेखि यो विवादित टिभी कार्यक्रमलाई लिएर सलमान खानले यो सिजन होस्ट नगर्ने हल्ला चलिरहेको थियो ।

यसपछि फ्यानहरूमा केही निराशा पक्कै थिए । तर, ई टाइम्सको रिपोर्टका अनुसार सलमान खानले सो होस्ट नगर्नेबारे आएका सबै समाचार अफवाह हुन् । सलमान शोको एक हिस्सा हुन् र उनी कतै जाँदैनन् । अभिनेताले यसको प्रोमो छिट्टै खिच्ने खबर छ ।

बिग बोस कहिले सुरु हुँदैछ ?

सिजन १७ को सफलापुर्वक अन्त्य पछि अभिनेताले चाँडै सिजन १८ मा पुनरागमन गर्न सक्छन् । बिग बोसका लागि सलमानजस्तो होस्ट अरू कोही हुन सक्दैन भन्ने कुरालाई नकार्न सकिँदैन ।

शोमा प्रतियोगीहरूलाई मार्गदर्शन गर्नुका साथै सलमानले आवश्यक पर्दा हप्काउँछन् । धेरै ठूला सेलिब्रेटीहरूलाई प्रतियोगीका रूपमा शोमा भाग लिन अप्रोच गरिएको छ । सो अक्टोबर ५ मा प्रिमियर हुन सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register