उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण, युक्रेनमा प्रयोग हुने आशंका

काठमाडौं । उत्तर कोरियाले बुधबार छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको सोलको सेनाले बताएको छ । एक सातामा प्योङयाङको यो दोस्रो हतियार परीक्षण हो । नेता किम जोङ उनको शासनले यस वर्ष दर्जनौँ प्रक्षेपण गरेको छ । विशेषज्ञहरूले यो परीक्षणको हिस्सा उत्तर कोरियाद्वारा युक्रेनमा प्रयोग गर्नका लागि सहयोगी रुसलाई हतियारको कथित अवैध आपूर्तिसँग जोडिएको हुनसक्ने […]

Sep 19, 2024 - 01:08
 0
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण, युक्रेनमा प्रयोग हुने आशंका

काठमाडौं । उत्तर कोरियाले बुधबार छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको सोलको सेनाले बताएको छ । एक सातामा प्योङयाङको यो दोस्रो हतियार परीक्षण हो ।

नेता किम जोङ उनको शासनले यस वर्ष दर्जनौँ प्रक्षेपण गरेको छ । विशेषज्ञहरूले यो परीक्षणको हिस्सा उत्तर कोरियाद्वारा युक्रेनमा प्रयोग गर्नका लागि सहयोगी रुसलाई हतियारको कथित अवैध आपूर्तिसँग जोडिएको हुनसक्ने बताएका छन् ।

प्योङयाङले रुससँग प्रतिबन्ध लगाउने हतियारको व्यापारलाई अस्वीकार गरेको छ तर लामो समयदेखि रोकिएको कूटनीतिका कारण उसले यस वर्ष दक्षिण कोरियालाई ‘प्रमुख शत्रु’ घोषणा गरेको छ र हालै आणविक–सक्षम हतियारहरूलाई सीमावर्ती क्षेत्रमा स्थानान्तरण गरेको छ ।

उत्तर कोरियाले हालै किमको शासनको प्रमुख समर्थक आफ्ना विदेशमन्त्रीलाई एक वर्षभन्दा पनि कम समयमा दोस्रो भ्रमणका लागि मस्को पठाएपछि यो प्रक्षेपण भएको हो ।

उत्तर कोरियाले अक्टोबरमा संसदीय बैठकको तयारी पनि गरिरहेको छ । बैठकमा दुवै कोरियाबीच शत्रुतापूर्ण सम्बन्धलाई आफ्नो संविधानमा समावेश गरी दक्षिण कोरियासँगको तनावलाई बढाउने उपायलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

प्योङयाङले ‘स्थानीय समयानुसार बिहान करिब ६ः५० बजे उत्तरपूर्वमा प्रक्षेपण गरेको छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइलहरू पत्ता लगाएको र तिनीहरूको विश्लेषण गरिरहेको’ सोलको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसिएस) ले बताएको छ ।

जेसिएसले भनेको छ – अतिरिक्त प्रक्षेपणको तयारीमा हाम्रो सेनाले सहयोगीहरू टोक्यो र वासिङ्टनसँग जानकारी साझा गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।

टोक्योले पनि प्रक्षेपाणको पुष्टि गरेको छ । जापानको तटरक्षकले एउटा मिसाइल पहिले नै खसेको बतायो । ‘जहाजहरू कृपया अगाडि आउँदै गरेको सूचनाहरूलाई ध्यान दिनुहोस् र यदि तपाईंले खसेको वस्तुहरू देख्नुभयो भने कृपया नजिक नजानुहोस् बरु यसको सूचना तटरक्षकलाई दिनुहोस्’ – तटरक्षकले विज्ञप्तिमा भनेको छ ।

जापानका रक्षामन्त्री मिनोरु किहाराले पछि मिसाइलहरू ‘उत्तर कोरियाको अन्तरदेशीय क्षेत्रको पूर्वी तट वरपर खसेको देखिन्छ’ भन्दै त्यसबाट कुनै क्षति नभएको जानकारी दिए ।

सोलको सेनाले मिसाइलहरू उत्तर कोरियाको दक्षिण फ्योङगान प्रान्तको काचोन क्षेत्रबाट प्रहार भएको र करिब चार सय किलोमिटरसम्म उडेको बतायो । सोलको जेसिएसले विज्ञप्तिमा भनेको छ –उत्तर कोरियाको मिसाइल प्रक्षेपण कोरिया प्रायद्वीपमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने उक्साहट हो र हामी यसको कडा निन्दा गर्दछौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register