फेसबुकमा प्रधानमन्त्री ओलीका फलोअर्स घटेको घट्यै

काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् । मंगलबार साँझदेखि सुरु भएको अभियानमा अहिलेसम्म ७२ हजारभन्दा बढीले अनफलो गरिसकेका छन् । ओलीको फेसबुक पेजमा मंगलबारसम्म ६ लाख ६६ हजार फलोअर्स थिए । अहिले ओलीको […]

Sep 4, 2024 - 08:29
 0
फेसबुकमा प्रधानमन्त्री ओलीका फलोअर्स घटेको घट्यै

काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।

मंगलबार साँझदेखि सुरु भएको अभियानमा अहिलेसम्म ७२ हजारभन्दा बढीले अनफलो गरिसकेका छन् ।

ओलीको फेसबुक पेजमा मंगलबारसम्म ६ लाख ६६ हजार फलोअर्स थिए । अहिले ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९४ हजारमा झरेको छ ।

मंगलबार बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि समर्थकले ओलीलाई अनफलो अभियान चलाएका थिए ।

आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर, कारबाही नगरेको भन्ने स्टाटस राखेका थिए । सो स्टाटस मंगलबार उनको फेसबुक पेजबाट हटेको थियो ।

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार भनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register