रुसी आक्रमणमा परी ७ युक्रेनीको मृत्यु

काठमाडौं । युक्रेनका पश्चिम शहर लभ्युममा रुसले गरेको आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ । बुधबार रुसले ड्रोन र हाइपरसोनिक मिसाइलले आक्रमण गरेको लभ्युमका मेयर एन्ड्री साडोवीले जानकारी दिए । मृत्यु हुने ७ जनामध्ये ३ बालबालिका रहेका छन् । आक्रमणमा परी एक शिशु, २ बालिका र एक महिलाले आफ्नो ज्यान गुमाएका छन् । जसमध्ये […]

Sep 4, 2024 - 08:57
 0
रुसी आक्रमणमा परी ७ युक्रेनीको मृत्यु

काठमाडौं । युक्रेनका पश्चिम शहर लभ्युममा रुसले गरेको आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ ।

बुधबार रुसले ड्रोन र हाइपरसोनिक मिसाइलले आक्रमण गरेको लभ्युमका मेयर एन्ड्री साडोवीले जानकारी दिए । मृत्यु हुने ७ जनामध्ये ३ बालबालिका रहेका छन् ।

आक्रमणमा परी एक शिशु, २ बालिका र एक महिलाले आफ्नो ज्यान गुमाएका छन् । जसमध्ये एक बालिका ९ वर्षीया र अर्को १४ वर्षीया रहेको अधिाकारीहरुले बताए ।

हवाई आक्रमणका कारण युक्रेनको राजधानी किभमा विष्फोटको आवाज पनि सुनिएको थियो । अधिकारीहरुका अनुसार एक होटलमा आक्रमण हुँदा ६ मानिस घाइते भएको कृभ्यीरिहका अधिकारीले जानकारी गराए ।

सम्पुर्ण राष्ट्र नै हवाई आक्रमणको खतरामा रहेको युक्रेनी सेनाले जनाएको छ । आक्रमणमा केही घरहरुमा आगलागी हुँदा २ विद्यालय भने बन्द गरिएको छ ।

मंगलबार केन्द्रीय सहर पोल्ताभामास्थित सैन्य संस्थामा ५० जनाको मृत्युका कारण शोखमा डुबिरहेको बेलामा थप अर्को आक्रमण भएको हो । पोल्ताभामा भग्नावशेषको मुनि दबिएका मानिसहरुको उद्दार कार्य जारी रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register