एप्पलले किन बन्द गर्‍यो आइफोन १३ सिरिज र १५ प्रोको बिक्री ?

काठमाडौं । एप्पलले सोमबार आइफोन १६ सिरिजको लन्च गरेसँगै दुई पुराना मोडेलको बिक्री बन्द गरेको छ । कम्पनीले आइफोन १३ र आइफोन १५ का प्रो मोडेलहरुको बिक्री बन्द गरेको हो । अब एप्पलका आधिकारिक स्टोरहरूबाट यी मोडेल किन्न पाइने छैन । नयाँ मोडल सार्वजनिक गर्दा पुरानो मोडल बन्द गर्नु एप्पलको सामान्य प्रक्रिया हो । यसअघि कम्पनीले […]

Sep 12, 2024 - 07:35
 0
एप्पलले किन बन्द गर्‍यो आइफोन १३ सिरिज र १५ प्रोको बिक्री ?

काठमाडौं । एप्पलले सोमबार आइफोन १६ सिरिजको लन्च गरेसँगै दुई पुराना मोडेलको बिक्री बन्द गरेको छ ।

कम्पनीले आइफोन १३ र आइफोन १५ का प्रो मोडेलहरुको बिक्री बन्द गरेको हो । अब एप्पलका आधिकारिक स्टोरहरूबाट यी मोडेल किन्न पाइने छैन ।

नयाँ मोडल सार्वजनिक गर्दा पुरानो मोडल बन्द गर्नु एप्पलको सामान्य प्रक्रिया हो । यसअघि कम्पनीले गतवर्ष आइफोन १५ सिरिज लञ्च गर्दा पनि आइफोन १४ का प्रो मोडेलहरू हटाएको थियो ।

उस्तै मूल्यमा नयाँ विशेषता र क्षमताका फोन बिक्री गर्ने योजनाअनुसार कम्पनीले यस्तो अभ्यास गर्ने गरेको छ ।

अब एप्पल स्टोरहरुमा आइफोन १४, १४ प्लस आइफोन १५, १५ प्लस, आइफोन एसइ तथा आइफोन १६ सिरिजका फोनमात्रै विकल्पको रुपमा रहनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register