साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक भएको छ । साफले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म सञ्चालन हुनेछ । दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत आमनेसामने हुनेछन् । नेपालले भने आफ्नो पहिलो खेल भुटानविरुद्ध खेल्नेछ । सो खेल अक्टोबर १८ मा हुनेछ । […]

Sep 4, 2024 - 09:17
 0
साफ महिला च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक भएको छ ।

साफले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म सञ्चालन हुनेछ । दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत आमनेसामने हुनेछन् ।

नेपालले भने आफ्नो पहिलो खेल भुटानविरुद्ध खेल्नेछ । सो खेल अक्टोबर १८ मा हुनेछ । अक्टोबर २१ मा माल्दिभ्ससँग र अक्टोबर २४ मा श्रीलंकासँग नेपालले खेल्नेछ ।

प्रतियोगितामा कुल ७ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’मा भारत, पाकिस्तान र बंगलादेश छन् भने समूह ‘बी’मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

समूह विजेता तथा उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । अक्टोबर २७ मा दुवै सेमिफाइनल हुनेछ भने अक्टोबर ३० मा फाइनल खेल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register