एनपीएल : लक्की ड्रमार्फत् मार्की खेलाडीको टिम छनोट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति मार्की खेलाडीको टिम छानिएको छ । शनिबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)ले लक्की ‘ड्र’मार्फत् मार्की खेलाडीको टिम छनोट गरेको हो । लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहितकुमार पौडेल टिम लुम्बिनीको मार्की खेलाडी बनेका छन् । यस्तै, सन्दीप लामिछाने विराटनगर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम, करण केसी काठमाडौं, कुशल भुर्तेल […]

Sep 14, 2024 - 10:04
 0
एनपीएल : लक्की ड्रमार्फत् मार्की खेलाडीको टिम छनोट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति मार्की खेलाडीको टिम छानिएको छ ।

शनिबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)ले लक्की ‘ड्र’मार्फत् मार्की खेलाडीको टिम छनोट गरेको हो ।

लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहितकुमार पौडेल टिम लुम्बिनीको मार्की खेलाडी बनेका छन् ।

यस्तै, सन्दीप लामिछाने विराटनगर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम, करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, आसिफ शेख जनकपुर र सोमपाल कामी कर्णाली र कुशल मल्ल चितवनका निम्ति मार्की खेलाडी बनेका छन् ।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको क्यानले जनाएको छ । पहिलो संस्करणको एनपीएल आउँदो पुस १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register