आयोगले लिएको प्रवेश परीक्षाको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । […]

Sep 4, 2024 - 11:57
 0
आयोगले लिएको प्रवेश परीक्षाको नतिजामा भएको त्रुटी छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

समिति सभापति अम्वरबहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register