अर्काे उल्लेख्य कृति : ‘भद्रपुरकाे प्रतिबिम्ब’

नकुल काजी बाँझिन लागेकाे  झापाभूमिलाई केही जाँगरिला कलमीहरूले  पुनः ऊर्बर तुल्याउन  थालेका सुखद आभास हुन थालेकाे छ । साहित्य लेखनका विभिन्न बिधा-फाँटमा गत एक वर्षयता केही पठनीय र समय-अपेक्षित सन्देशप्रदायी  पुस्तकहरू  प्रकाशमा आएका छन् । तीमध्ये निराेज कट्टेलकाे ‘२०२८ : झापा विद्राेहकाे अन्तर्कथा’,  देशकाे भावी कर्णधार किशाेर-किशाेरी र युवा-युवतीका ‘प्राकृत नेपाली सुमति’-मा डढेलाे लगाइरहेकाे ‘लागू पदार्थ’-काे विनाशकारी व्यसन [...] The post अर्काे उल्लेख्य कृति : ‘भद्रपुरकाे प्रतिबिम्ब’ appeared first on Jhapa Online.

Sep 4, 2024 - 15:54
 0
अर्काे उल्लेख्य कृति : ‘भद्रपुरकाे प्रतिबिम्ब’

नकुल काजी

बाँझिन लागेकाे  झापाभूमिलाई केही जाँगरिला कलमीहरूले  पुनः ऊर्बर तुल्याउन  थालेका सुखद आभास हुन थालेकाे छ । साहित्य लेखनका विभिन्न बिधा-फाँटमा गत एक वर्षयता केही पठनीय र समय-अपेक्षित सन्देशप्रदायी  पुस्तकहरू  प्रकाशमा आएका छन् । तीमध्ये निराेज कट्टेलकाे ‘२०२८ झापा विद्राेहकाे अन्तर्कथा’,  देशकाे भावी कर्णधार किशाेर-किशाेरी र युवा-युवतीका ‘प्राकृत नेपाली सुमति’-मा डढेलाे लगाइरहेकाे ‘लागू पदार्थ’-काे विनाशकारी व्यसन बिरुद्ध चेतना नेपाल नामक संस्था नै स्थापित गरी अथक अभियान चलाइरहनु भएका अभियन्ता इन्द्रप्रसाद ओलीकाे  ‘दिव्य दृष्टि’ तथा श्रमशील पत्रकार एवम् सूचना-सेवा (सञ्चार)-का सारभूत सिद्धान्तका अनुपूरक विषय  उठान र विश्लेषणमा केही दशकदेखि उदित तारामणि सापकाेटाकाे ‘आमसञ्चार र समावेशी पत्रकारिता’ जस्ता झापाली कलमकर्मीका  पुस्तकहरू २०८०-‘८१ सालका उल्लेख्य झापाली  पुस्तकाकार उत्सर्जन हुन् । र, अहिले फेरि, सानाे भए पनि, अख्तियार गरिएकाे विषयका हकमा लगभग पूर्ण पुस्तक (complete book) मान्न सकिने पुस्तक, निकै ठूलाे परिश्रम गरेर, खेमराज दाहालले ‘भद्रपुरकाे प्रतिविम्ब’ नामलाई ‘तथ्याङ्कमा भद्रपुर, झापा र नेपाल देख्न सकिने उपयाेगी पुस्तक’-काे दाेसल्ला ओडाएर   प्रकाशमा ल्याउनु भएकाे छ  । पुस्तकले अँगालेकाे  विषयका हकमा याे पुस्तक पनि यस अवधिकाे उत्कृष्ट  र यस किसिमकाे पुस्तक तयार गर्ने जाँगर, दाहिने-देब्रे नहेरी,  उच्च प्रशंस्य त हुन्छ नै, मात्र हाेइन,  हुनै पर्दछ ।

यस अघि पनि, यसै समयावधि (२०८०- ‘८१ साल)-मा दाहालका दुई कृति यसै विधा-परिधि अँगालेर प्रकाशमा आएका छन् – ‘झापाकाे प्रतिविम्ब’ र ‘गाैरादहकाे प्रतिविम्ब’ । यी दुईमध्ये ‘झापाकाे प्रतिविम्ब’ चाहिँ लामाे र ठूलाे २० पृष्ठकाे  भित्तेपात्राे (calendar)-काे रूपमा छापिएकाे छ, जाे झापालाई जान्न चाहनेका लागि सायद पूर्ण-सम्पूर्ण (complete whole) जानकारीहरूले लटरम्मै र झरिलाे कृति हाे भनेर नमानिनु न्याय हुदैन । ‘गाैरादहकाे प्रतिविम्ब’ चाहिँ ठीक त्यस्तै छ जस्ताे ‘भद्रपुरकाे प्रतिविम्ब’ छ । यी तीनवटै कृतिमा एकै प्रकारले ‘प्रतिबिम्ब’-काे हिज्जे (spelling) पनि ‘प्रतिविम्ब’-मा अन्यायपूर्वक  थेचारिएका छन् । लिखित कृतिकाे नाम पनि ‘संज्ञा ‘ नै त हाे नि भनेर नबुझिदिने हाे भने ‘प्रतिविम्ब’ शब्दभित्र ‘वि’-काे प्रयाेग गलत देखिन्छ । तर, कृतिकाे समग्र स्वरूपलाई त्यति जाबाे गल्तीले धमिल्याउँदैन, धमिल्याउन दिनु हुँदैन ।

अतः यी तीनवटै कृतिलाई मिसमास गरेर गाँस बनाउने हाे भने यी तीनवटै कृतिलाई  ‘खाेज-पत्रकारिता’ (investigative journalism)-काे अब्बल उत्पादन मान्ने रहर हरहर हुन्छ । खेमराज दाहालका यी तीनवटा कृतिले मात्र हाेइन – निराेज कट्टेल,  इन्द्रप्रसाद ओली र तारामणि सापकाेटाका, माथि उल्लिखित, कृतिहरूले पनि खाेज-पत्रकारिताकाे घरमा न्यानाे आतिथ्य पाउने हक राख्छन् भन्ने याे टिप्पणीकारकाे अदम्य दाबी छ ।

भद्रपुरकाे साँच्चै  ‘प्रतिबिम्ब’-काे रूपमा प्रकाशमा आएकाे पुस्तक  ‘भद्रपुरकाे प्रतिविम्ब’-ले भद्रपुरकाे भूगाेलभित्रकाे जानकारी के चाहिँ दिन बाँकी राखेकाे छ र ? इण्डियन जनसंख्या अतिक्रमणकाे ठेलमठेलले वर्तमानलाई भन्दा भावी चिन्तालाई क्रमिकरूपमा  अव्यक्त रूपमा  अझ-अझ  आक्रान्त बनाउँदै  लैजाने क्रममा भद्रपुरकाे साे ‘वर्णशंकरे भीड’-भित्रका  जतिजनाले याे पुस्तक पढ्लान् त्यतिलाई भद्रपुरकाे भूगाेलभित्र के-के कहाँ-कहाँ छन् र के-कस्ता स्थितिमा छन् इत्यादि साङ्गाेपाङ्गाे जान्न कतै अल्मलिनु पर्दैन । आजभन्दा १०७ वर्षअघि (वि.सं.१९७४)-सम्म ‘धुपगाछी’ नामले चिनिने बेलादेखि आजकाे अवस्थासम्मकाे भद्रपुरकाे इतिवृत्तान्त यस पुस्तकमा पढेर जान्न पाइन्छ । यसका साथै, याे ६२+९=७१ पृष्ठकाे २१× १४ से. मि. आकारकाे पुस्तकमा भद्रपुरलाई जीवन्त देख्न सकिन्छ । र थप, भद्रपुर बाहिरका  अत्यावश्यक जानकारीहरू  समेत  समाविष्ट छन् यसमा ।

सामाजिक सञ्जालकाे बढ्दाे प्रभावकारिता किशाेर, युवा र वयस्कहरूका लागि सहज ग्रह्य भएका कारण पनि र यसले सबै उमेर समूहका लागि  आ-आफ्नै किसिमले ‘फेसन’-काे आकर्षक रूप लिँदै गएका कारण पनि ‘पुस्तक पढ्ने चलन’  क्रमिकरूपमा घट्तै गएकाे छ । अर्थात् , यसरी पनि पुस्तक पढ्नेकाे संख्या घट्ताे अवस्थामा छ र अक्षर-खेतीमा मनाेवैज्ञानिक खडेरी पर्दै गइरहेकाे आभास हुँदैछ –  जसरी ‘आफ्नाे बारीकाे’ प्राङ्गारिक हाेइन ‘पारि’-काे प्रदुषित साग-सब्जी खाने चलन हाम्रा चूलाहरूमा पसिसकेकाे छ । यद्यपि, कलमीहरू आफ्ना कृति जीवनाेपयाेगी, सरस र आकर्षक बनाउन तल्लिन र तदारुक पनि छँदैछन्  । याे साँच्चै धितमर्दाे विषय हाे मात्र हाेइन माैलिक नेपाली नश्लका झापालीले गाैरव  गर्नुपर्ने विषय नै हाे ।

कलमका जाँगरिला उद्यमी खेमराज दाहाल र यी कृतिका सम्पादक कवयित्री खगिन्द्रा खुशी लगायत प्रकाशकहरू समेतमा आभ्यन्तरिक निश्शेष धन्यवाद तथा उहाँहरूकाे याे र यस्ताे जाँगर अजम्मरी रहाेस् भन्ने स्निग्ध  शुभकामना !     
प्राज्ञ टाेल, भद्रपुर (झापा)

The post अर्काे उल्लेख्य कृति : ‘भद्रपुरकाे प्रतिबिम्ब’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register