कोशी सरकार : कांग्रेस संस्थापन, सिटौला र शेखर पक्षबीच सहमति जुट्दा रित्तै फर्किए संसदीय दलका नेता उद्धव थापा

झापा, २० भदौ । कोशी प्रदेश सरकारमा सहभागी हुन तयार भए पनि नेपाली कांग्रेसले मन्त्रीको अझै नाम दिन सकेको छैन । कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धव थापा भने सरकारमा सहभागी हुने विषयमा आफूलाई केही थाहा नभएको बताउँछन् । मन्त्रीहरूको नाम टुङ्गो लगाउन काठमाडौँ गएका उनी बुधबार रित्तो हात विराटनगर फर्किएका छन् [...] The post कोशी सरकार : कांग्रेस संस्थापन, सिटौला र शेखर पक्षबीच सहमति जुट्दा रित्तै फर्किए संसदीय दलका नेता उद्धव थापा appeared first on Jhapa Online.

Sep 5, 2024 - 07:06
 0
कोशी सरकार : कांग्रेस संस्थापन, सिटौला र शेखर पक्षबीच सहमति जुट्दा रित्तै फर्किए संसदीय दलका नेता उद्धव थापा

झापा, २० भदौ । कोशी प्रदेश सरकारमा सहभागी हुन तयार भए पनि नेपाली कांग्रेसले मन्त्रीको अझै नाम दिन सकेको छैन । कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धव थापा भने सरकारमा सहभागी हुने विषयमा आफूलाई केही थाहा नभएको बताउँछन् ।

मन्त्रीहरूको नाम टुङ्गो लगाउन काठमाडौँ गएका उनी बुधबार रित्तो हात विराटनगर फर्किएका छन् । कांग्रेसको संस्थापन पक्ष, सिटौला पक्ष र शेखर कोइराला पक्षबिच सहमति जुट्न नसकेको हो । कांग्रेस–एमालेबिच असार १७ गते भएको सहमति अनुसार संघ सरकार र अन्य ६ वटा प्रदेशका सरकार निर्माण भइसक्दा पनि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी हुन सकेको छैन ।

यसअघि साउन २३ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि सरकार विस्तार हुने बताइएको थियो । तर, उक्त बैठक गत १६ गते सकिएपछि १९ गते कोशी प्रदेश सरकार विस्तार हुने नेताहरूले दाबी गरेका थिए । तर, मुख्यमन्त्री कार्कीले भने कांग्रेसलाई हिँडाइको गति बढाउन सुझाव दिए । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘कांग्रेसको हिँडाइ बिस्तारै भयो, गति बढाउनुहोस् ।’

उनले कांग्रेसको आफ्नै कारणले सरकार विस्तारमा ढिलाइ भएको बताए । सरकार विस्तार भएपछि कामले गति लिने भन्दै उनले छिटै त्यो काम पूरा हुने बताए । ‘जति चाँडो सरकार विस्तार हुन्छ, त्यति सरकारले गति लिन्छ,’ उनले भने ।

उता, कांग्रेस संसदीय दलका नेता थापा भने आफूलाई मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने कुरा थाहा नभएको बताउँछन् । ‘केही छैन समाचार अहिले । कति दिन लाग्छ भन्ने टुङ्गो छैन । थाहा छैन,’ उनले भने । कांग्रेसकै संसदीय दलका उपनेता हिमाल कार्कीले पनि मन्त्रिपरिषद् विस्तारबारे अझै टुङ्गो लाग्न नसकेको बताए । ‘दलका नेता मन्त्रीको नाम लिएर आउँछु भनेर काठमाडौँ जानु भएको थियो,’ कार्कीले भने, ‘खोइ १ उहाँले नाम लिएर आए जस्तो लागेन ।’

आफ्नो भागमा परेको ४ वटा मन्त्रालयको मन्त्री कसलाई पठाउने भन्ने विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन । ४ मन्त्रालयमध्ये कांग्रेस नेता शेखर कोइरालाले २ मन्त्रालय मागेपछि सहमति जुट्न नसकेको बताइएको छ । सभापति शेरबहादुर देउवाले भने संस्थापन पक्षलाई २, शेखर समूहलाई १ र नेता कृष्णप्रसाद सिटौला समूहलाई १ सांसद दिने तयारी गरेका छन् । उक्त तयारीप्रति शेखर कोइरालाको असहमति छ ।

शेखर कोइरालाले आफ्नो समूहबाट २ मन्त्री बनाउनै पर्ने अडान राखेपछि प्रदेशको मन्त्रालय सङ्ख्या बढाउने विषयमा एमाले र कांग्रेसबिच छलफल भएको थियो । नेता कोइरालाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासँग उक्त विषयमा छलफल गरेको बताइन्छ । सोही छलफलपछि प्रदेशको ९ वटा मन्त्रालयलाई बढाउँदै ११ वटा पु¥याउने विषय बाहिरिएको थियो ।

तर, सार्वजनिक सञ्चारमाध्यममा भएको आलोचना र सर्वसाधारणको असन्तुष्टि बढिरहेको सन्दर्भमा मन्त्रालय सङ्ख्या बढाउन नहुने पक्षमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अडान लिए । यसकारण पनि मन्त्रालय विभाजन गरेर कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल भयो । उक्त प्रयास असफल भएसँगै कांग्रेस मन्त्रीहरूको नाम दिन पनि असफल देखिएको छ ।

यसअघि कुराकानीका क्रममा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भदौ १४ गतेका लागि बोलाइएको प्रदेशसभा बैठकमा सहभागी हुँदा आफ्ना मन्त्रीहरूसहित सहभागी हुने बताएका थिए । तर, उक्त अवधिमा सरकार विस्तार हुन सकेन । केही दिन अगाडि मुख्यमन्त्री कार्कीले पनि भदौ २० गतेसम्ममा मन्त्रीमण्डल विस्तार हुने बताएका थिए ।

कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । जसमध्ये ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने विषयमा दुई पार्टीबिच यसअघि नै सहमति भइसकेको छ ।

सहमति अनुसार एमालेले मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेको छ । कांग्रेसको भागमा परेका भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय अहिलेसम्म मन्त्रीविहीन छन् । रातोपाटीबाट साभार

The post कोशी सरकार : कांग्रेस संस्थापन, सिटौला र शेखर पक्षबीच सहमति जुट्दा रित्तै फर्किए संसदीय दलका नेता उद्धव थापा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register