सिम्रिक साकोसको साधारणसभा : पत्रकार र सदस्यलाई सम्मान

बिर्तामोड, २ भदौ । झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । आज बिर्तामाड भएको अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा संस्थाले दुई जना पत्रकार, चार जना शेयर र दुई वटा सदस्य सेवा केन्द्रलाई सम्मान तथा पुरस्कृत गरेको [...] The post सिम्रिक साकोसको साधारणसभा : पत्रकार र सदस्यलाई सम्मान appeared first on Jhapa Online.

Sep 18, 2024 - 09:41
 0
सिम्रिक साकोसको साधारणसभा : पत्रकार र सदस्यलाई सम्मान

बिर्तामोड, २ भदौ । झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ ।

आज बिर्तामाड भएको अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा संस्थाले दुई जना पत्रकार, चार जना शेयर र दुई वटा सदस्य सेवा केन्द्रलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाले पत्रकार विष्णु पौडेल र प्रदीप परियारलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजस साह, विरबहादुर राई र फुलमाया तामाङलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा केन्द्रका रुपमा सदस्य सेवा केन्द्र धुलाबारी र मधुमल्लालाई नगद रू १५ हजार सहित सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतले सम्मानित एवम् पुरस्कृतहरुलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै नगरप्रमुख प्रसाईंले सहकारी संस्थाले एउटा सदस्यबाट लिएको बचत अर्को सदस्यलाई ऋण दिने भएकाले अपवाहको पछि नलागी लिएको ऋण तिर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्थाहरु धेरै भएकाले पनि समस्या हुने गरेको बताउँदै सहकारी संस्थाहरु मर्ज गर्नुपर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख विजय बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा सात वटा इकाइगत साधारणसभाबाट उपस्थित भएका सदस्यहरुले माइन्युट प्रमाणिकरण गर्नुभएको थियो ।

The post सिम्रिक साकोसको साधारणसभा : पत्रकार र सदस्यलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register