एमाले बैठक : वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा एमालेले निर्णायक रााष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिट्व्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि छलफल गर्दै सुझाव सहित अन्तिम रुप दिने जिम्मा पार्टी सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए […]

Sep 4, 2024 - 16:05
 0
एमाले बैठक : वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा एमालेले निर्णायक रााष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा पार्टीको वार्षिक कार्ययोजनालाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार सम्पन्न एमाले पोलिट्व्युरो बैठकले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामाथि छलफल गर्दै सुझाव सहित अन्तिम रुप दिने जिम्मा पार्टी सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । वार्षिक कार्ययोजना ५१ जना पोलिट्व्युरो सदस्यहरुले धारणा राखेका थिए ।

उनीहरुले वार्षिक कार्यायोजनाको कार्यान्वयनमा जोड दिएको गौतमले बताए । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी ओलीले पार्टीभित्र अराजक गतिविधि स्वीकार्य नहुने भन्दै अराजक गतिविधि गर्नेलाई पार्टी छाड्न सुझाव दिएका थिए ।

ओलीले एमाले कुनै ढल नभएकाले कि राजनीति गर्न कि रमाइलो गर्न सुझाव दिनुभएको प्रचार विभाग प्रमुख गौतमले बताए। उनले आगामी निर्वाचनमा एमाले एक्लै चूनाव लड्ने भन्दै अहिलेको अवस्थामा कुनै बामपन्थी एकता सम्भव नरहेको स्पष्ट पारेको गौतमले दिए ।

एमाले महासचिव पोखरेलले प्रस्तुत गरेको कार्ययोजनामा पार्टी संरचनालाई बलियो बनाउन पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने उल्लेख गरेका छन् । त्यस्तै पार्टीको सदस्यता नविकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समावेश गरेका छन् । पोलिट्व्युरो बैठकले विभिन्न समसामायीक प्रस्ताव समेत पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register