मेचीनगरबाट तीन लाख बढीको जुत्ता र कपडा नियन्त्रणमा

झापा, १९ भदौ । झापाको मेचीनगरबाट आज तीन लाख बढीको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ टोकला बगान गेट हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको करिब २ लाख ७५ हजार ५०० बराबरको २७० पिस पर्दा [...] The post मेचीनगरबाट तीन लाख बढीको जुत्ता र कपडा नियन्त्रणमा appeared first on Jhapa Online.

Sep 4, 2024 - 16:30
 0
मेचीनगरबाट तीन लाख बढीको जुत्ता र कपडा नियन्त्रणमा

झापा, १९ भदौ । झापाको मेचीनगरबाट आज तीन लाख बढीको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ टोकला बगान गेट हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको करिब २ लाख ७५ हजार ५०० बराबरको २७० पिस पर्दा र मेचीनगर–१० धुलाबारी पेट्रोलपम्प स्थितमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैं गरेको करिब ४८ हजार बराबरको जुत्ता गरी ३ लाख २३ हजार ५०० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीनगरबाट तीन लाख बढीको जुत्ता र कपडा नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register