अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन्। एटलान्टाको लगभग ८० किलोमिटर उत्तर पूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कुलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ। गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको […]

Sep 5, 2024 - 03:16
 0
अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

एजेन्सी ।

अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन्।

एटलान्टाको लगभग ८० किलोमिटर उत्तर पूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कुलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ। गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ। गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन्।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारबाही गर्ने बताएको छ। अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन् ।

२०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औ घटना हो। यस अघि २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने २०२२मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए । राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोली काण्डमा दुःख व्यक्त गरेका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register