उद्योग स्थापना गर्न कोरियन व्यवसायी अर्जुनधारामा

झापा, १९ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा विभिन्न उद्योग स्थापनार्थ कोरियन व्यवसायीसँग बुधबार छलफल भएको छ । अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा नगर क्षेत्रमा उद्योग स्थापनार्थ कोरियन व्यवसायी र नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल भएको हो । नगरपालिकाको सहकार्यमा हाइब्रिड स्कुटर एसेम्बल उद्योग, शृङ्गार सामग्री उद्योग र कृषि मल उत्पादन उद्योग स्थापनाका लागि कोरियन व्यवसायीसँग छलफल भएको नगरप्रमुख बलदेव [...] The post उद्योग स्थापना गर्न कोरियन व्यवसायी अर्जुनधारामा appeared first on Jhapa Online.

Sep 5, 2024 - 04:22
 0
उद्योग स्थापना गर्न कोरियन व्यवसायी अर्जुनधारामा

झापा, १९ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा विभिन्न उद्योग स्थापनार्थ कोरियन व्यवसायीसँग बुधबार छलफल भएको छ ।

अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा नगर क्षेत्रमा उद्योग स्थापनार्थ कोरियन व्यवसायी र नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल भएको हो । नगरपालिकाको सहकार्यमा हाइब्रिड स्कुटर एसेम्बल उद्योग, शृङ्गार सामग्री उद्योग र कृषि मल उत्पादन उद्योग स्थापनाका लागि कोरियन व्यवसायीसँग छलफल भएको नगरप्रमुख बलदेव गोम्देनले बताउनुभयो ।

“अर्जुनधारामा कोरियन कम्पनी स्थापना गर्ने प्रयास गरेका हौं”, उहाँले भन्नुभयो, “त्यसका लागि कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।” उद्योग स्थापना भए कोरियन उत्पादन सुलभ मूल्यमा पाइनुका साथै रोजगारी र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नगरप्रमुख गोम्देनको भनाइ छ ।

छलफलका क्रममा कोरियाका इभी (विद्युतीय सवारी) का सञ्चालक छाङ्ग हटन सिमले आफ्नो उद्योगले उत्पादन गर्ने सवारी साधनका विषयमा जानकारी दिनुभएको थियो । यस्तै, जुमी युनिर्भस कलेजका प्रोफेसर एवम् शृङ्गार व्यवसायी किमसन खयाङ्गले शृङ्गार सामग्रीका बारेमा आफ्नो प्रस्तुती दिनुभएको थियो भने कृषि व्यवसायी लि च्याङ्ग जेले आफ्नो योजना सुनाउनुभएको थियो ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको समन्वय र नगर प्रमुख गोम्देनको अग्रसरतामा नगर क्षेत्रमा उद्योग स्थापनाका लागि कोरियाबाट आएका उद्योगीको टोलीसँग छलफल भएको सभामुख घिमिरेका स्वकीय सचिव केशवराज ढुङ्गेलले बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली लगायतका जनप्रतिनिधि र नगरका विभिन्न संघ–संस्थाका प्रमुख÷प्रतिनिधि उद्योग स्थापनाका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

The post उद्योग स्थापना गर्न कोरियन व्यवसायी अर्जुनधारामा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register