लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित : नेता सिटौला

झापा, २० भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित हुने धारणा राख्नुभएको छ । नेपाल महिला संघ भद्रपुर नगर समितिले बुधबार यहाँ आयोजना गरेको महिला सम्मान तथा तीज मिलन कार्यक्रममा नेता सिटौलाले रहेक क्षेत्रमा संघर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताउनुभयो । “जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र [...] The post लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित : नेता सिटौला appeared first on Jhapa Online.

Sep 5, 2024 - 04:26
 0
लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित : नेता सिटौला

झापा, २० भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित हुने धारणा राख्नुभएको छ ।

नेपाल महिला संघ भद्रपुर नगर समितिले बुधबार यहाँ आयोजना गरेको महिला सम्मान तथा तीज मिलन कार्यक्रममा नेता सिटौलाले रहेक क्षेत्रमा संघर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताउनुभयो । “जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र पहिचान बनाउन सक्छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि लोकतान्त्रिक व्यवस्था अपरिहार्य छ ।”

कार्यक्रममा भद्रपुर नगर क्षेत्र रहेर विभिन्न क्षेत्रबाट पहिचान बनाउनुभएका आठ जना महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व शिक्षिका प्रभा घिमिरे, पूर्व प्राध्यापक कमला पोखरेल दाहाल, वाणिज्य बैंक भद्रपुरका पूर्व शाखा प्रमुख शान्ता बराल, पूर्व स्वास्थ्यकर्मी रीमा पाण्डे, भद्रपुर नगरपालिकाकी पूर्वप्रशासकीय अधिकृत सुधा खड्का, सामाजिक अभियन्ता रञ्जु शर्मा, पूर्व स्वास्थ्य स्वयम्सेविका लक्ष्मी घिमिरे र सौन्दर्यकर्मी सुशीला पौडेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा श्रम क्षेत्रमा संघर्ष गर्दै जीवनयापन गरिरहेका भद्रपुर नगरपालिकाका १० वटै वडाबाट एक÷एक जना श्रमिक महिला छनोट गरी नगद तथा साडीसहित सम्मान गरिएको थियो ।

संघकी भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, पूर्व महासमिति सदस्य तारा भूर्तेल, महिला नेतृ शर्मिला अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

The post लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित : नेता सिटौला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register