कुशे औंसीमा कविता प्रतियोगिता : निक्रिया बनिन प्रथम
कनकाई, १७ भदौ । कुशे औंसीको अवसरमा झापाको कनकाई नगरपालिका–८ मा कविता प्रतियोगिता आयोजना गरिएको छ । माउन्ट अन्नपूर्ण बाल क्लबको आयोजना कविता प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा निक्रिया निरौला प्रथम, अङ्किता बस्नेत द्वितीय र सलिना उप्रेती तृतीय भएका छन् । बाल क्लबका अध्यक्ष जेनिश दाहाल र सचिव प्रतीक्षा मैनालीद्वारा कुशे औंसीको अवसरमा कविता [...] The post कुशे औंसीमा कविता प्रतियोगिता : निक्रिया बनिन प्रथम appeared first on Jhapa Online.
कनकाई, १७ भदौ । कुशे औंसीको अवसरमा झापाको कनकाई नगरपालिका–८ मा कविता प्रतियोगिता आयोजना गरिएको छ ।
माउन्ट अन्नपूर्ण बाल क्लबको आयोजना कविता प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा निक्रिया निरौला प्रथम, अङ्किता बस्नेत द्वितीय र सलिना उप्रेती तृतीय भएका छन् ।
बाल क्लबका अध्यक्ष जेनिश दाहाल र सचिव प्रतीक्षा मैनालीद्वारा कुशे औंसीको अवसरमा कविता प्रतियोगिता आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता करुणा चौलागाईंले गरेकी थिइन् भने प्रमुख अतिथि हसिना अधिकारी रहेका थिए । प्रतियोगितामा बीपी पोख्रेल, लक्ष्मी खनाल र विनोद न्यौपाने निर्णयकको भूमिका निर्वाह गरेका थिए ।
The post कुशे औंसीमा कविता प्रतियोगिता : निक्रिया बनिन प्रथम appeared first on Jhapa Online.
What's Your Reaction?