अर्जुनधारामा पूजा प्रसाद खाँदा ७० जना बढी बिरामी

बनियानी, २७ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद सेवन गर्दा ७० जनाभन्दा बढी बिरामी भएका छन् । सबै बिरामीमा बान्ता, झाडापखाला, ज्वरो लगायतका एकै प्रकारको लक्षण देखिएको शनिश्चरे अस्पतालका डा. योगेश चेम्जोङले बताउनुभयो । प्रसाद सेवन गर्नेहरुलाई ‘फुड पोइजन’ भएको हुन सक्ने उहाँले बताउनुभयो । अर्जुनधारा–९ स्थित खरबन्दीमा बुधबार स्थानीय रीता निरौलाको घरमा पूजा [...] The post अर्जुनधारामा पूजा प्रसाद खाँदा ७० जना बढी बिरामी appeared first on Jhapa Online.

Sep 12, 2024 - 11:40
 0
अर्जुनधारामा पूजा प्रसाद खाँदा ७० जना बढी बिरामी

बनियानी, २७ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद सेवन गर्दा ७० जनाभन्दा बढी बिरामी भएका छन् ।

सबै बिरामीमा बान्ता, झाडापखाला, ज्वरो लगायतका एकै प्रकारको लक्षण देखिएको शनिश्चरे अस्पतालका डा. योगेश चेम्जोङले बताउनुभयो । प्रसाद सेवन गर्नेहरुलाई ‘फुड पोइजन’ भएको हुन सक्ने उहाँले बताउनुभयो ।

अर्जुनधारा–९ स्थित खरबन्दीमा बुधबार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसाद (रोटी, अचार, तरकारी) खाएका उनीहरु बिरामी भएका हुन् । बिरामीहरुको स्थानीय क्लिनिक, नगर अस्पताल र प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

स्थानीय सञ्चारकर्मी आकाश खतिवडाले चार जना बिरामीलाई थप उपचारका लागि आज प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको बताउनुभयो ।
आज झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

यसअघि घटनाको जानकारी पाएलगत्तै अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था जानकारी लिनुभएको थियो ।

“खबर पाउना साथ बिरामीको स्वास्थ्य अवस्था बुझेर, उपचारका लागि पहल थाल्यौं”, नगर प्रमुख गोम्देनले भन्नुभयो, “बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न उपचारमा संलग्न चिकित्सकलाई भनेका छौं ।” बिरामीमध्ये कतिपयको उपचारपछि घर फर्किका छन् ।

The post अर्जुनधारामा पूजा प्रसाद खाँदा ७० जना बढी बिरामी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register