सार्फीको अध्यक्षमा गभर्नर अधिकारी नियुक्त

काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभ (सार्फी)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् । मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरमको बैठक अन्तर्गत आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलमा सार्फीको अध्यक्षमा गभर्नर अधिकारी नियुक्त भएका हुन् । सो अवसरमा गभर्नर अधिकारीले […]

Sep 5, 2024 - 05:37
 0
सार्फीको अध्यक्षमा गभर्नर अधिकारी नियुक्त

काठमाडौं । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभ (सार्फी)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरमको बैठक अन्तर्गत आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलमा सार्फीको अध्यक्षमा गभर्नर अधिकारी नियुक्त भएका हुन् ।

सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागिता जनाएर अध्यक्षता ग्रहण गरे । यस्तै बैठकले स्टेट बैंक अफ पाकिस्तान लाई उपाध्यक्ष चयन गरेको छ । यसअघिको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register