पलेशालाई काठमाडाैं महानगरले गर्‍यो ५ लाख नगदसहित सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्यपदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेका हुन् । साथै, कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जनाएको छ । बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई […]

Sep 4, 2024 - 09:41
 0
पलेशालाई काठमाडाैं महानगरले गर्‍यो ५ लाख नगदसहित सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्यपदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।

मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।

साथै, कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जनाएको छ ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कास्यपदक जितेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register