प्रचण्ड भन्छन्- ओलीलाई अब जनताले राउन्ड किक देखाउनेछन् (भिडिओसहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध हिंसा नभएको दोहोर्‍याएका छन् । शहीदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी मुख्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हुन त नेताहरूले गरेको ठगी, बेइमानी र जालझेललाई प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि […]

Sep 5, 2024 - 08:45
 0
प्रचण्ड भन्छन्- ओलीलाई अब जनताले राउन्ड किक देखाउनेछन् (भिडिओसहित)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध हिंसा नभएको दोहोर्‍याएका छन् ।

शहीदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी मुख्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“हुन त नेताहरूले गरेको ठगी, बेइमानी र जालझेललाई प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । तर, अब जनताको राउन्डकिक कस्तो हुन्छ, तिनले देख्नेछन्,”प्रचण्डले भने ।

अगाडि उनले भने, “जो सरकारमा छन्, उनीहरूले जसलाई संविधानले जनयुद्ध, सशस्त्र सङ्घर्ष भनेर स्वीकार गरेको छ, विस्तृत शान्ति सम्झौतालाई आफ्नो अङ्गको रूपमा स्वीकारेको छ । तर, सरकारमा रहेका मान्छेहरूले हिंसा थियो, हत्या थियो भन्ने दुस्साहस गरिरहेका छन् । हामीले के आँट गर्नुपर्‍यो भने संविधानमा भएको कुरा जोडदार जनतामा लानुपर्‍यो । र, संविधानविपरीत बोल्ने सरकारका नेताहरूको भण्डाफोर गर्नुपर्‍यो ।”

उनले संविधानमा रहेको विषयलाई सबैले छाती फुलाएर भन्न सक्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register