एमाले महासचिव पोखरेललाई प्रश्न – मेयरसँग प्रधानमन्त्री भिड्न सुहाउँछ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक रुपले विवादमा तान्न खोजिएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन)का समर्थकले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान चलाइरहेकोप्रति पोखरेलले यस्तो बताएका हुन् । कृत्रिम कुरा गरेर विवाद उचाल्ने काम सामाजिक सञ्जालमा भइरहेको उनको भनाइ छ । बिहीबार सुर्खेतमा आयोजित […]

Sep 5, 2024 - 09:29
 0
एमाले महासचिव पोखरेललाई प्रश्न – मेयरसँग प्रधानमन्त्री भिड्न सुहाउँछ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनावश्यक रुपले विवादमा तान्न खोजिएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन)का समर्थकले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान चलाइरहेकोप्रति पोखरेलले यस्तो बताएका हुन् ।

कृत्रिम कुरा गरेर विवाद उचाल्ने काम सामाजिक सञ्जालमा भइरहेको उनको भनाइ छ ।

बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा ‘मेयरसँग प्रधानमन्त्री भिड्न सुहाउँछ ?’ भन्दै उनीमाथि प्रश्न तेर्स्याइएको थियो ।

त्यसको जवाफमा उनले भने, ‘‘पक्ष विपक्षमा भएको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने कारण के छ ? हरेक व्यक्तिका सबल र दुर्बल पक्ष हुन्छन् । त्यसलाई प्रधानमन्त्रीसँग किन जोड्ने ? प्रधानमन्त्रीले बहस शुरू गरेको हो ? नभएको कृतिम कुरा गरेर भ्रम पार्न खोज्ने ?’

केही दिनदेखि सामाजिक सञ्जालमा बालेनका समर्थक र एमाले कार्यकर्ताबीच विवाद चलिरहेको छ ।

बालेन समर्थकले ओलीको फेसबूक पेजमा अनफलो गर्ने अभियान चलाइरहेका छन् । ७५ हजारभन्दा बढीले उनलाई अनफलो गरिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register