नक्कली पेस्तोल देखाएर युवतीहरूलाई बन्धक बनाइ यातना दिने चारजना पक्राउ

काठमाडौं । काठमाडौंमा युवा युवतीहरूलाई क्लब र हाउस पार्टीको नाममा बन्धक बनाई शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ का २२ वर्षीय ओजस्वी तामाङ, र स्वयम्भू बस्ने […]

Sep 5, 2024 - 09:29
 0
नक्कली पेस्तोल देखाएर युवतीहरूलाई बन्धक बनाइ यातना दिने चारजना पक्राउ

काठमाडौं । काठमाडौंमा युवा युवतीहरूलाई क्लब र हाउस पार्टीको नाममा बन्धक बनाई शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ का २२ वर्षीय ओजस्वी तामाङ, र स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरूङ रहेका छन् ।

प्रहरीका अनुसार, उनीहरूले काठमाडौंका विभिन्न डान्स बार र क्लबहरूमा जाने युवा युवतीहरूलाई विभिन्न प्रलोभन देखाई ‘क्लब पार्टी’ र ‘हाउस पार्टी’को बहानामा बुढानिलकण्ठस्थित एक घरमा लगेर नशालु पदार्थ सेवन गराउँथे । त्यसपछि उनीहरूलाई अनैतिक कार्य गर्न बाध्य पार्ने र शारीरिक यातना दिने गरेका थिए ।

प्रहरीले गोप्य सूचनाका आधारमा छापा मारी उनीहरूलाई बुढानीलकण्ठ नगरपालिका–१ बाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा उनीहरूको साथबाट एक थान नक्कली पेस्तोल, एक थान ह्यामर, एक थान इलेक्ट्रिक आइरन, र एक थान व्लोवर मेसिन पनि बरामद गरिएको छ ।

प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले लामो समयदेखि यस्तो अपराध गर्दै आएको आशंका गरिएको छ । प्रहरीले अन्य पीडितहरूको पहिचान र थप तथ्यहरूको खोजी गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register