पुटिनको मंगोलिया भ्रमणको किन यति धेरै चर्चा ?

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलियाको भ्रमणमा छन् । पुटिनले आफूविरुद्ध वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । गत वर्ष अदालतले उनीविरूद्ध वारेन्ट जारी गरेको थियो । यो उच्च प्रोफाइल भ्रमणलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रतिरोधको रूपमा हेरिएको छ । युक्रेन, पश्चिमी देशहरू र अन्य धेरै संगठनले […]

Sep 5, 2024 - 09:29
 0
पुटिनको मंगोलिया भ्रमणको किन यति धेरै चर्चा ?

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गोलियाको भ्रमणमा छन् ।

पुटिनले आफूविरुद्ध वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो पटक हो । गत वर्ष अदालतले उनीविरूद्ध वारेन्ट जारी गरेको थियो ।

यो उच्च प्रोफाइल भ्रमणलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रतिरोधको रूपमा हेरिएको छ । युक्रेन, पश्चिमी देशहरू र अन्य धेरै संगठनले पुटिनलाई हिरासतमा राख्न माग गरेका छन् ।

मंगोलिया र रूसको लामो समयदेखि कूटनीतिक सम्बन्ध छ । पुटिनको यो भ्रमणसँग पनि संयोग जोडिएको छ । वास्तवमा पुटिनको भ्रमण जापानमाथि मङ्गोलियन र सोभियत सेनाको विजयको ८५औं वार्षिकोत्सव मनाइँदै गर्दा भएको हो ।

विजयको ८५ औं वार्षिकोत्सवमा यात्रा

यो भ्रमण जापानमाथि मङ्गोलियन र सोभियत सेनाको विजयको ८५औं वार्षिकोत्सवमा भएको हो । सन् १९३९ मा भएको यो युद्धमा दुवै पक्षका हजारौं सैनिक मारिएका थिए ।

मङ्गोलियाको राजधानी उलान बाटोरमा रूसी राष्ट्रपति पुटिनलाई भव्य स्वागत गरियो । चंगेज खान स्क्वायरमा घोडामा सवार सिपाहीहरू लाइनमा उभिएका देखिए ।

प्रत्यक्ष ब्यान्डद्वारा बजाइएको मार्शल गान । यहाँ रूसका राष्ट्रपतिले मंगोलियाका राष्ट्रपति उखागी खुलेशोसँग भेटवार्ता गरेका छन् ।

पुटिन आउनुअघि प्रदर्शनकारीहरू सरकारी दरबारबाहिर भेला भएका थिए । उनीहरूका हातमा केही पोस्टर थिए । लेखिएको थियो, ‘युद्ध अपराधी पुटिनलाई यहाँबाट निकाल्नुहोस् ।’

सोही क्रममा उलानबटोरस्थित स्मारकमा प्रदर्शन पनि गरिएको थियो । यो प्रदर्शन मङ्गोलियामा एक दशकसम्म कम्युनिस्ट शासनको सामना गर्नेहरूका लागि थियो । सुरक्षा बलहरूले यी प्रदर्शनकारीलाई रूसी राष्ट्रपतिबाट टाढा राख्ने प्रबन्ध मिलाएका थिए ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले राष्ट्रपति पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ ।

पुटिनलाई पक्राउ गर्न सकिन्छ ?

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालतले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराध गरेको आरोप लगाएको थियो । अदालतले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रूस पठाएकोमा पुटिनलाई दोषी ठहर गरेको छ ।

रूसको बालअधिकार आयुक्त मारिया लभोभा-बेलोभा विरूद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो । आरोपहरूका अनुसार यी अपराधहरू युक्रेनमा सन् २०२२ फेब्रूअरी २४ मा सुरु भयो, जब रूसले ठूलो मात्रामा आक्रमण गरेको थियो ।

रूसी पक्षबाट राष्ट्रपति पुटिनको भ्रमणलाई लिएर चिन्ताको कुनै कारण नरहेको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘मंगोलियामा हाम्रा सहयोगीहरूसँग हाम्रो राम्रो सम्बन्ध छ । राष्ट्रपतिको भ्रमणका लागि सबै तयारी सावधानीपूर्वक गरिएको थियो ।’

रूसले यसअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतको आरोपलाई अस्वीकार गर्दै वारेन्टलाई अपमानजनक भनेको थियो ।

‘अन्तर्राष्ट्रिय फौजदारी अदालतले सबै सदस्यहरूलाई अभियुक्त पत्ता लगाउने हाम्रो जिम्मेवारी हो तर, उनीहरूलाई गिरफ्तार गर्ने अधिकार अदालतलाई छैन भन्यो । हामी सदस्य राष्ट्रहरूमा मात्र उनीहरूविरूद्ध कानुनी कारबाही गर्न सक्छौं ।’

मंगोलिया कहाँ छ ?

मङ्गोलिया पूर्वी एसियामा चीन र रूसको बीचमा अवस्थित भूपरिवेष्ठित देश हो । यो केवल ३० लाख जनसंख्या भएको देश हो ।

सन् १९९० मा मङ्गोलियाले राजनीतिक र आर्थिक सुधारको उद्देश्यले देशमा रहेको एकदलीय व्यवस्था खारेज गर्‍यो । यो सोभियत संघ युगको ७० वर्ष पुरानो प्रणाली थियो ।

वास्तवमा मंगोलियामा रहेको ठूलो खनिज भण्डार विदेशी लगानीकर्ताहरूको नजरमा छ । जसका कारण मुलुक सानो तर तीव्र गतिमा बढ्दै गएको अर्थतन्त्रमा परिणत भएको छ ।

मंगोलिया तेल र बिजुलीका लागि रूसमा निर्भर छ ।

मंगोलियासँग चीन र रूसको सम्बन्ध

मंगोलिया दुई ठूला देशहरू चीन र रूसको बीचमा अवस्थित छ । मंगोलियाको रूससँग बलियो सांस्कृतिक सम्बन्ध र चीनसँग व्यापारिक सम्बन्ध छ ।

२० औं शताब्दीको सुरुमा मङ्गोलिया चीनको चिङ राजवंशको नियन्त्रणमा थियो । सन् १९११ मा चिङको पतन हुँदा मङ्गोलियालाई लिएर चीन र रूसबीच झगडा सुरु भयो ।

यसैबीच, सन् १९२० को प्रारम्भमा सोभियत समर्थक कम्युनिस्ट सरकारले यहाँ सत्ता प्राप्त गरेको थियो । सन् १९९१ मा सोभियत संघको पतनपछि मङ्गोलिया स्वतन्त्र बजार अर्थतन्त्रमा सामेल भयो र त्यहाँ प्रजातन्त्र स्थापना भयो ।

यद्यपी रूस, चीन र मंगोलिया यी तीन देशबीच कूटनीतिक र आर्थिक सम्बन्ध बलियो छ । रूसबाट मङ्गोलिया हुँदै चीनसम्म प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउने योजनालाई ‘पावर अफ साइबेरिया टु’ भनिन्छ । यसबारे लामो समयदेखि चर्चा भइरहेको छ ।

यो प्रस्तावित पाइपलाइनमार्फत् रूसको यमाल क्षेत्रबाट मङ्गोलिया हुँदै चीनतर्फ एक वर्षमा ५० अर्ब घनमिटर प्राकृतिक ग्यास ढुवानी गरिने छ ।

यो परियोजना रूसको रणनीतिको हिस्सा हो । सन् २०२२ मा युक्रेनमा भएको आक्रमणपछि युरोपमा ग्यासको बिक्री घटेको छ । रूस यस परियोजनामार्फत यो नोक्सानको क्षतिपूर्ति गर्न चाहन्छ ।

मङ्गोलिया पुगेपछि रूसी राष्ट्रपति पुटिनले कूटनीति कायम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘गत वर्ष मङ्गोलियन बजारमा ९० प्रतिशतभन्दा बढी पेट्रोल र डिजेल रूसबाट आएको थियो । हामीले ग्यास क्षेत्रमा राम्रो सम्भावना देखिरहेका छौं । पावर अफ साइबेरिया २ को योजनाको रूपरेखा तयार भइसकेको छ ।

मंगोलियाको ‘तेस्रो छिमेकी नीति’

रूस र चीनजस्ता दुई बलियो देशसँग मङ्गोलियाको सम्बन्ध धेरै वर्षदेखि बलियो रहेको छ । हालैका वर्षहरूमा मङ्गोलियाले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई विविधीकरण गर्ने प्रयास गरेको छ ।

यसको उद्देश्य राजनीतिक र आर्थिक स्वतन्त्रता सुरक्षित गर्नु हो । ‘तेस्रो छिमेकी’ योजना अन्तर्गत मंगोलियाले धेरै पश्चिमी देशहरूसँग आफ्नो सम्बन्ध सुदृढ पार्ने प्रयास गरिरहेको छ ।

गत वर्ष मे महिनामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पहिलो पटक मङ्गोलिया आएका थिए । यो इतिहासमा पहिलो पटक थियो । त्यसबेला फ्रान्सेली राष्ट्रपतिका प्रवक्ताले फ्रान्सको प्रयास रूसका छिमेकीसँगको गतिरोध घटाएर आफ्नो छनोटको दायरा फराकिलो बनाउने बताएका थिए ।

उही समयमा सन् २०२३ अगस्टमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले मंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेन लास्नामसराईलाई वाशिंगटन डीसीमा स्वागत गरेकी थिइन् ।

एक विज्ञप्तिमा ह्वाइट हाउसले मंगोलिया र संयुक्त राज्य अमेरिका बीचको ‘तेस्रो छिमेकी’ साझेदारी मनाउनको लागि बैठक भएको बताएको थियो ।

त्यसपछि अमेरिका र मंगोलियाले दुवै देश आपसी छनोटका क्षेत्रमा आर्थिक साझेदारी बढाउन चाहेको बताएका थिए । तर, मङ्गोलियाले आफ्नो कूटनीतिक सम्बन्धको दायरा फराकिलो बनाउने कदम चालेको मङ्गोलियाको प्रयासको पश्चिमा राष्ट्रहरूले प्रशंसा गरेका छन् ।

यसैबीच रूसी राष्ट्रपति पुटिनलाई मङ्गोलियाको न्यानो स्वागतले त्यो प्रक्रियालाई थप बल दिएको छ । यो पनि स्पष्ट भएको छ कि रूस र यसका छिमेकीहरू बीचको सम्बन्ध पहिले जस्तै बलियो छ ।

बीबीसी हिन्दीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register