कर्णाली नदीले पार गर्‍यो खतराको तह

काठमाडौं । भारी वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । कैलालीको चिसापानीस्थित बाढी मापन केन्द्रकाअनुसार कर्णालीमा पानीको बहाव १०.९२ मिटर पुगेको छ । यो नदीको खतराको संकेत १०.८ मिटर मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा […]

Sep 13, 2024 - 10:24
 0
कर्णाली नदीले पार गर्‍यो खतराको तह

काठमाडौं । भारी वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ ।

कैलालीको चिसापानीस्थित बाढी मापन केन्द्रकाअनुसार कर्णालीमा पानीको बहाव १०.९२ मिटर पुगेको छ । यो नदीको खतराको संकेत १०.८ मिटर मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।

सोही कारण कर्णालीसहित महाकालीलगायतका नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register