उपसभामुख सोध्छिन् : कांग्रेस-एमालेले भन्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने ?

सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानामाथि महाभियोग लगाउन प्रस्ताव गरेपछि यो विषय संसद्सम्मै पुगिसकेको छ ।

Sep 12, 2024 - 07:31
 0
उपसभामुख सोध्छिन् : कांग्रेस-एमालेले भन्नेबित्तिकै मैले राजीनामा दिनुपर्ने ?

काठमाडौं । उपसभामुख इन्दिरा रानाले २०७९ फागुन १२ गते शुक्रबारको मिति राखेर नेपालस्थित अमेरिकी दूतावासलाई एउटा पत्र लेखिन् । पत्रमा आफूसहित अन्य पाँच युवालाई समय र भिसा दिलाउन आग्रह गरेका थिए ।

उपसभामुखको लेटरहेडमा लेखिएको उक्त पत्र १७ महिनापछि विवादमा आयो । आपत्तिजनक कुराचाहिँ के भने उपसभामुख रानाको सचिवालयका केही मान्छेले पत्रमार्फत सिफारिस भएका युवाहरूबाट पैसा बुझेको कुरा बाहिर आएको थियो ।

यसपछि दलहरूले उपसभामुख रानाको राजीनामा मात्रै मागेनन्, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा समितिमा उजुरीसमेत पर्‍यो । तर, पछि त्यो विषय यतिकै सेलायो । तर, त्यसको २ महिनापछि विषयले फेरि एकाएक चर्चा पाएको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानामाथि महाभियोग लगाउन प्रस्ताव गरेपछि यो विषय संसद्सम्मै पुगिसकेको छ ।

कांग्रेसले भन्यो- उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, राजीनामा दिनुपर्छ

बुधबार बसेको संसद् बैठकमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख रानालाई राजीनामा गर्न आग्रह गरेका छन् । कांग्रेसले त पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसाएरै उनको राजीनामा माग गरेको छ ।

यता एमाले नेता तथा सांसदहरूले पनि उपसभामुख रानाले मार्गप्रशस्त गर्नुपर्ने माग गरिरहेका छन् । सँगै गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतले पनि कांग्रेस-एमालेकै मागलाई समर्थन गरिरहेका छन् ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू उपसभामुखकै पूर्वदल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले भने त्यसको विरोध गरेका छन् । उनीहरूले उपसभामुख राना (Indira rana) ले राजीनामा दिन नपर्ने बताइरहेका छन् ।

तर, सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले भने उपसभामुखले राजीनामा दिनैपर्ने अडान राखेका छन् । उपसभामुख रानाले भने कांग्रेस-एमालेले भन्दैमा राजीनामा नदिने अडान कसेका छन् ।

कांग्रेस-एमालेले राजीनामा मागिरहेका छन्, राजीनामा दिनुहुन्छ ? भन्ने नेपालभ्युजको प्रश्नमा उनले प्रतिप्रश्न गरिन्— कांग्रेस-एमालेले राजीनामा माग्यो भन्दै मैले दिनुपर्ने ?

उनले संविधान र कानूनभन्दा माथि कोही नभएको उल्लेख गर्दै आफू कानूनत: चल्ने दाबी गरिन् । “संविधान र कानूनको अधिनमा रहेर काम गर्छु, चल्छु,” उनले भनिन्, “कसैको बहकाउमा चल्दिनँ । राजीनामा दिने वा नदिने सन्दर्भमा समयअनुसार गर्छु ।”

  • सम्बन्धित सामग्री

उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register