पूर्वप्रेमीले पेट्रोल छर्केर जलाउँदा युगान्डाकी ओलम्पिक खेलाडी रेबेकाको मृत्यु

काठमाडौं । ओलम्पिक खेलाडी रेबेका चेप्टेगी (Rebecca Cheptegei )को मृत्यु भएको छ । आइतबार पूर्व प्रेमीले पेट्रोल छर्केर आगो लगाइदिँदा म्याराथन खेलाडी चेप्टेगीको मृत्यु भएको युगान्डाका अधिकारीहरुले जनाएका हुन् । एल्डोरेटस्थित मोइ टिचिङ र रिफरल अस्पतालका डा. ओवेन मेनाचले अर्गन फेल्यरका कारण उनको मृत्यु भएको जानकारी दिए । परिवारले भने उनको मृत्युको औपचारिक पुष्टी गरिसकेको […]

Sep 5, 2024 - 09:49
 0
पूर्वप्रेमीले पेट्रोल छर्केर जलाउँदा युगान्डाकी ओलम्पिक खेलाडी रेबेकाको मृत्यु

काठमाडौं । ओलम्पिक खेलाडी रेबेका चेप्टेगी (Rebecca Cheptegei )को मृत्यु भएको छ । आइतबार पूर्व प्रेमीले पेट्रोल छर्केर आगो लगाइदिँदा म्याराथन खेलाडी चेप्टेगीको मृत्यु भएको युगान्डाका अधिकारीहरुले जनाएका हुन् ।

एल्डोरेटस्थित मोइ टिचिङ र रिफरल अस्पतालका डा. ओवेन मेनाचले अर्गन फेल्यरका कारण उनको मृत्यु भएको जानकारी दिए । परिवारले भने उनको मृत्युको औपचारिक पुष्टी गरिसकेको छैन ।

उनको पूर्व प्रेमीलाई पनि सोही अस्पतालमा भर्ना गरिएको डा. मेनाचले बताए । उनको अहिले आईसीयूमा छन् तर, स्वास्थ्यमा सुधार आईरहेको छ ।

चेप्टेगीसँग विवाद विवाद चर्किएपछि पूर्व प्रेमीले तरल पदार्थ छर्केर जलाएको स्थानीय पुलिस प्रमुख जेरेमिया ओले कोसियोमले जानकारी दिए ।

पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेकी ३३ वर्षीया चेप्टेगीको शरीर अत्याधिक जलेको चिकित्सकले बताएका छन् । चेप्टेगी बस्ने र तालिम लिने केन्याको उत्तर–पश्चिम क्षेत्रका अधिकारीहरुले उनीमाथि चर्चबाट फर्किँदै गर्दा आक्रमण भएको स्थानीय प्रसारणले जनाएका छन् ।

स्थानिय अधिकारीका अनुसार चेप्टेगी र पूर्व प्रेमीबीच एक जग्गाको विषयलाई लिएर विवाद भइरहेको थियो ।

पछिल्लो समय केन्यामा महिला एथलिटहरुविरुद्धको हिंसा बढ्दै गएको छ । जसमध्ये धेरैले आफ्नो ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register